१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रियलको विजयी सुरुआत

एएफपी

म्याड्रिड — क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदान बाहिरिएयता पहिलोपल्ट ला लिगामा रियल म्याड्रिडले घरेलु मैदानमा आइतबार गेटाफेमाथि २–० को जित हासिल गर्दै नयाँ सिजन सुरु गरेको छ ।

रियलको विजयी सुरुआत

युरोपेली च्याम्पियन रियलले २० औं मिनेटमा ड्यानी कार्भाहाल र ५१ औं मिनेटमा गारेथ बेलको गोलसँगै सान्टियागो बर्नाबाउमा तीन अंक जोडेको हो । टिबाउट कोर्टियसलाई भित्र्याए पनि केयलर नाभासले रियलको गोलपोस्ट सम्हालेका थिए ।

कोस्टारिकाका उनी सन् २०१५ यता रियलका पहिलो रोजाइका गोलकिपर हुन् तर विश्वकपपछि चेल्सीबाट ३ करोड ३५ लाख युरोमा अनुबन्ध गरिएका कोर्टियसले नाभासको स्थान लिने अपेक्षा गरिएको छ ।

जिदानको स्थान लिएका प्रशिक्षक जुलेन लोपेतेगुईले विश्वकप विजेता फ्रान्सका राफेल भारानलाई नभई डिफेन्सको केन्द्रमा नाचोलाई छनोट गरे । रोनाल्डो युभेन्ट्स लागेयता रियलले ला लिगामा पहिलो खेल खेलेको हो । रियल यूईएफए सुपरकपमा एट्लेटिको म्याड्रिडसँग ४–२ ले पराजित भएको थियो । तर, लिगमा रियललाई खासै समस्या भएन ।

प्रकाशित : भाद्र ५, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?