२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

१८ औं एसियाली खेलकुद : चम्किएनन् निशा र शिरीष

ध्रुव तुलाधर

जकार्ता — दुई ओलम्पियन खेलाडी निशा रावल र शिरीष गुरुङ१८ औं एसियाली खेलकुदमा पहिलो खेलबाट विदा भएका छन् । दुवै रियो ओलम्पिक खेलेका खेलाडी हुन् । 

१८ औं एसियाली खेलकुद : चम्किएनन् निशा र शिरीष

जकार्तास्थित जिरोला बुङ कार्नो स्टेडियमको जीसीसी हलमामंगलबार बिहान भएको तेक्वान्दोको ६७ केजीमुनिको तौलमा प्रतिस्पर्धा गरेकी निशा पहिलो खेलमै पराजित भइन् । उनी चिनिया खेलाडी पान जाओसँग २२–६ अंकले हारेकी हुन् । पहिलो दुई राउन्डसम्म कडा टक्कर दिएकी निशाले तेस्रो राउन्डमा तीन हेड किक (एक बराबर ३ अंक) खाइन् । दोस्रो चरण सकिदा निशा ६–३ ले मात्र पछाडि थिइन् ।


जकार्ता एक्वाटिक सेन्टरमा नेपाली पौडीवाज शिरीषले हिट २ मा प्रतिस्पर्धा गरेका उनले २६.३३ सेकेन्डमा पूरा गरेका थिए । आफ्नो हिटमा उनी तेस्रोमा रहे । समग्रमा ५१ प्रतिस्पर्धी हुँदा शिरीष ४६ औं स्थानमा रहे ।

शिरीषले तुर्कमेनिस्तानको अस्कावादमा भएको एसियन इन्डोर तथा मार्सल आर्टस गेम्स २०१७ मा५० मिटर फ्रिस्टाइल दूरी २५.४३ सेकेन्डमा पूरा गरेर कीर्तिमान बनाएका थिए । त्यसअघि इन्चोन एसियाडमा शिरीषको यस इभेन्टमा २७.२३ सेकेन्डको प्रदर्शन थियो । जकार्ता एसियाडमा शिरीषको अरु दुई इभेन्टमको खेल बाकी छ ।

मंगलबारै कबड्डीमा नेपालले जापानसँग प्रतिस्पर्धा गर्नेछ । २ दशकपछि नेपालले कबड्डी एसियाडमा सहभागिता जनाउन लागेको हो ।

उसुतर्फ महिला ६० केजी तौल समूहमा नेपाली लुमन्ति श्रेष्ठ वाई पाएर क्वाटरफाइनल पुगेकी छन् । मंगलबार हुने खेल जिते उनको कम्तीमा कांस्य पदक पक्का हुनेछ । उनले थाइल्यान्डकी सुचया बाउलुङसँग प्रतिस्पर्धा गर्नेछिन् ।

१८ औं एसियाडमा चीनले वर्चस्व जमाइरहेको छ । मंगलबार बिहानसम्म १५ स्वर्णसहित ३६ पदक जितेर चीन पदकतालिकाको शीर्ष स्थानमा छ । जापानले ८ स्वर्णसहित ३० पदक जित्दा दक्षिण कोरियाले ५ स्वर्णसहित २४ पदक जितेको छ । आयोजक इन्डोनेसिया र उत्तर कोरियाले समान ४/४ स्वर्ण जितेका छ । भारतले २ स्वर्णसहित तीन पदक जितेको छ ।

प्रकाशित : भाद्र ५, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?