कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिभरपुलको दौड

एएफपी

लन्डन — लिभरपुलका व्यवस्थापक योर्गेन क्लोपले आफ्नो टोलीको उपाधि सम्भावनाबारे केही बोल्न चाहेनन् । लिभरपुलले सोमबार राति क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरी इंग्लिस प्रिमियर लिगमा लगातर दोस्रो विजय हात पारेको थियो ।

लिभरपुलको दौड

गत सिजन म्यानचेस्ट सिटीले प्रिमियरसिपको उपाधि जित्दा लिभरपुल २५ अंकले पछाडि रहि चौथो स्थानमा थियो । सेल्हस्र्ट पार्कमा हकदार विजय हात पार्दा लिभरपुल र अन्य सिटीसहित अन्य चार टोलीले सिजनको पहिलो दुवै खेल जितेका छन् ।


पहिलो हाफको ठिक अगाडि जेम्स मिल्नरको पेनाल्टी गोलमा लिभरपुलले अग्रता लिएको थियो । लिभरपुलकै पूर्व खेलाडी एवं प्लालेसका रक्षक मामाडोउ साखोले मोहम्मद सलाहलाई लडाएपश्चात् प्राप्त पेनाल्टीमा लिभरपुलले अग्रता बनाएको हो । खेल पूरै सलाह केन्द्रित रहयो ।


प्यालेसका व्यवस्थापक रोय हडसनले सलाह सजिलै लडेकाले पेनाल्टीप्रति असहमति जनाए ।
इजिप्टका फरवार्डले खेलभरि दुई वान भर्सेज वान सदुपयोग गर्न सकेनन् । उनकै कारण प्यालेसका युवा रक्षक आरोन वान–विसाकाले रातो कार्ड पाए । सलाह गोलका लागि अगाडि बढदा विसाकाले उनलाई पछाडि बढाउँदा लडाएका थिए । इन्जुरी टाइममा सलाहले काउन्टर एट्याकमा दिएको पासमा मानेले गोल गरेका थिए । एन्ड्रोज टाउनसेन्डको प्रहार बारमा लाग्नु प्यालेसको दुर्भाग्य थियो ।


‘अहिले नै उपाधिको बारेमा भन्नु धेरै चाँडो हुनेछ । म यस्तालाई प्राथमिकतामा राख्दिनँ । हामी अरू टोलीसँग उपाधि दौडमा छैनौं,’ क्लोपले भने, ‘दुई खेलका आधारमा केही भन्न मुस्किल छ । तपाईंहरू जे चाहनुहुन्छ भन्न सक्नुहुन्छ, तर त्यसमा हामीलाई नराख्नुस् ।’

प्रकाशित : भाद्र ६, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?