१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सहायक प्रशिक्षकमा किरण श्रेष्ठ 

दीपक परियार

लेखनाथ — नेपाली फुटबल टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ नियुक्त भएका छन् । बंगालादेशमा आयोजना हुने साफ फुटबल च्याम्पियनसिपका लागि एन्फाले उनलाई बिहीबार सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।

सहायक प्रशिक्षकमा किरण श्रेष्ठ 

टिमको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन यस अघि नै नियुक्त भइसकेका छन् ।


पोखरामा फुटबलबाट आफ्नो खेल जीवन सुरु गरेका ४२ वर्षीय किरण यसअघि सहारा क्लबको स्थापनासँगै फुटबलमा उदाएका थिए । लिग तथा राष्ट्रिय प्रतियोगिताहरुमा ललितपुरको ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबबाट २०५६ देखि २०६१ सम्म खेलेका उनले उक्त टिमको कप्तानी समेत सम्हालेका थिए ।


‘ए’ डिभिजन क्लब बौद्ध, हिमालयन शेर्पा र सुदूरपश्चिम ११ को पनि उनले कप्तानी सम्हालिसकेका छन् । उनी एसियाली फुटबल परिषद् (एएफसी) बाट ‘ए’ लेभल मान्यताप्राप्त प्रशिक्षक हुन् ।


सहारा क्लब पोखराको टिम प्रशिक्षकका रुपमा कार्यरत श्रेष्ठ कास्की एन्फाले सञ्चालन गरेको ग्रासरुटका विभिन्न कार्यक्रममा प्रशिक्षण दिँदै आएका छन् ।


सहायक प्रशिक्षकमा नियुक्त भएकोमा श्रेष्ठले खुसी व्यक्त गरे । ‘एन्फाले मलाई विश्वास गरेर ठाउँ दियो,’ कान्तिपुरसँग उनले भने, ‘यति राम्रो मौकालाई खेर जान दिने छैन ।’ साफ फुटबल यही भदौ १९ देखि ३० सम्म बंगालादेशको ढाकामा हुँदैछ ।

प्रकाशित : भाद्र ७, २०७५ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?