खेलकुद
भाद्र ८, २०७५

अभ्यासमा नेपालको दोस्रो जित

नेपालले एसिया कप छनोटको तयारीका क्रममा श्रीलंकामा दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ । नेपालले ब्लुमफिल्ड क्रिकेट क्लबलाई डकवर्थ लुइस पद्धतिमा १ सय ७६ रनले पराजित गर्‍यो । नेपालले बुधबार पहिलो अभ्यास खेलमा आर्मी क्रिकेट टिमलाई ६७ रनले पराजित गरेको थियो ।

नङसलको मिश्रित नतिजा

ब्याडमिन्टनमा नेपालले सात इभेन्टमा प्रतिस्पर्धा गर्दा दुई खेल जितेको छ । वुमेन्स सिंगल्समा नङसल तामाङले माल्दिभ्सकी अब्दुल रज्जाकलाई २१–१९, २१–१५ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेकी छन् । नेपालकी पहिलो वरीयताकी नङसलले अब अकाने यामागुचीसँग प्रतिस्पर्धा गर्नेछन् ।

स्पेनिस फुटबलर असन्तुष्ट

स्पेनी लिगमा व्यावसायिक फुटबल खेलिरहेका खेलाडीले शीर्ष श्रेणीको लिग संयुक्त राज्य अमेरिकामा खेलाउने योजना कार्यान्वयन भए हडतालमा उत्रन सक्ने संकेत दिएका छन् ।

भाद्र ७, २०७५

१८ औं एसियाली खेलकुदः तेक्वान्दोको पदकविहीन ह्याट्रिक यात्रा

एसियाली खेलकुदमा लगातार तेस्रोपल्ट नेपाली तेक्वान्दो पदकविहीन भएर फर्कने भएको छ । १८ औं संस्करण जारी रहँदा बिहीबार दुई नेपाली खेलाडीको खेलसँगै तेक्वान्दोको इन्डोनेसिया यात्रा सकिएको छ । एसियाली खेलकुदमा गौरवशाली इतिहास बनाएको तेक्वान्दोका खेलाडीले पछिल्ला तीन संस्करणमा पदक जित्न सकेनन् ।

सहायक प्रशिक्षकमा किरण श्रेष्ठ 

नेपाली फुटबल टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ नियुक्त भएका छन् । बंगालादेशमा आयोजना हुने साफ फुटबल च्याम्पियनसिपका लागि एन्फाले उनलाई बिहीबार सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।

ADVERTISEMENT

१८ आैं एसियाली खेलकुद : कमलद्वारा कीर्तिमान, सुस्मिता उत्कृष्ट

भारोत्तोलक कमलबहादुर अधिकारीले १८ आैं एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । जीआई एक्स्पोको हलमा बुधबार ६९ केजीमुनि प्रतिस्पर्धा गरेका कमलले स्न्याच र क्लिन एन्ड जर्कसहित कुलमा गरी तीन राष्ट्रिय कीर्तिमान बनाए ।

एन्फामा बालगोपाल नै कार्यवाहक

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ १९ देखि हुने साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

अभ्यासमा नेपालको जित

एसिया कप छनोटका तयारीका लागि श्रीलंकामा रहेको नेपालले पहिलो अभ्यास खेलमा सजिलो जित हात पारेको छ । नेपालले बुधबार आर्मी क्रिकेट टिमलाई ६७ रनले पराजित गर्‍यो ।

भाद्र ६, २०७५

तेक्वान्दोमा वीरबहादुरले लिए सागको बदला

सागका रजत विजेता तेक्वान्दो खेलाडी वीरबहादुर महराले ६३ केजीमुनिको तौल समूहमा अफगानिस्तानका अमहद बाखसीलाई पराजित गरेर प्रिक्वाटर फाइनल चरणमा पुगेका छन् ।

संगीनाको चुँडिएको त्यो पदक

संगीना वैद्य, नेपाली तेक्वान्दो क्वीन । एसियाली खेलकुद चलिरहँदा उनको मनमा एउटा बेग्लै छटपटीले डेरा जमाएको छ । मनमा हुटहुटी छ । उनलाई लाग्छ, मेरो नाममा पनि एसियाडको पदक हुनेछ ।

ADVERTISEMENT
ADVERTISEMENT

सञ्जुको कीर्तिमान, सकियो उसुको आस

नेपाली महिला भारोत्तोलक सञ्जु चौधरीले १८ औं एसियाली खेलकुदमा तीन राष्ट्रिय कीर्तिमान कायम गरेको मंगलबारको दिन उसुको पदक आस सकिएको छ । उसुको सान्सौं महिला ६० केजीमा लुमन्ती श्रेष्ठबाट पदक आस गरिएको थियो ।

बटलरको शतक

इंग्ल्यान्डका जोस बटलरले शतक बनाउँदै बेन स्टोक्ससँग पाँचौं विकेटका लागि शतकीय साझेदारी गरेपछि भारतविरुद्ध जारी तेस्रो टेस्टमा इंग्ल्यान्ड खेल बचाउन संघर्ष गरिरहेको छ ।

लिभरपुलको दौड

लिभरपुलका व्यवस्थापक योर्गेन क्लोपले आफ्नो टोलीको उपाधि सम्भावनाबारे केही बोल्न चाहेनन् । लिभरपुलले सोमबार राति क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरी इंग्लिस प्रिमियर लिगमा लगातर दोस्रो विजय हात पारेको थियो ।