१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

स्पेनिस फुटबलर असन्तुष्ट

बीबीसी

म्याड्रिड — स्पेनी लिगमा व्यावसायिक फुटबल खेलिरहेका खेलाडीले शीर्ष श्रेणीको लिग संयुक्त राज्य अमेरिकामा खेलाउने योजना कार्यान्वयन भए हडतालमा उत्रन सक्ने संकेत दिएका छन् ।

स्पेनिस फुटबलर असन्तुष्ट

ला लिगाले अमेरिकी मिडिया कम्पनीसँग १५ वर्षको सम्झौता गरेपछि बुधबार खेलाडीको उच्चस्तरीय बैठक बसेको थियो ।

रियल म्याड्रिडका कप्तान सर्जियो रामोस र बार्सिलोनाका उपकप्तान सर्जियो बुस्केट्ससहित अन्य क्लबका कप्तान सम्मिलित बैठकले लिगको निर्णयप्रति आपत्ति जनाएको छ । एएफईले खेलाडीसँग सल्लाह नगरी लिइएको यस निर्णय मान्य नहुने खेलाडीको बैठकले निष्कर्ष निकालेको छ ।

एएफई स्पेनका फुटबल खेलाडीको संस्था हो । बुधबार एएफईका अध्यक्ष डेविड अगान्जो खेलाडीहरूसँग बैठकमा थिए । बैठकमा रामोससँगै रियलका नाचो, बार्सिलोनाका बुस्केट्स र सर्जी रोबर्टो, इस्पनयोलका लिओ बाप्टिस्टा, भिल्लारियलका ब्रुनो तथा एटलेटिकोबाट कोके र जुआनफ्रान उपस्थित थिए ।

अध्यक्ष अगान्जोले हतारमा गरिएको निर्णयले लिगलाई समस्यामा पार्न सक्ने बताए । ‘यो निर्णय गम्भीर रूपमा नसोची लिइएको छ । यसले फुटबल र समर्थकभन्दा व्यापारलाई बढावा दिन्छ । हामी सम्पूर्ण क्लबलाई एकत्रित गरेर यसको विरुद्धमा उत्रनेछौं,’ उनले भने, ‘खेलाडीको सहमतिबिनै १५ वर्ष विदेशमा खेल्न सम्भव छैन । आशा छ यसबारे छिट्टै उचित निर्णय आउनेछ ।’ उनले खेलाडीहरूको सेप्टेम्बरमा फेरि बैठक बस्ने बताए ।

ला लिगाले भने सम्झौता पूरा भए पनि हालसम्म कुन खेल हुने, कुन स्थानमा हुने र कुन सिजनको खेल हुने भन्ने अझै टुंगो नलागेको बताएको छ । लिगाले बैठकबारे जानकारी पाएपछि छिट्टै एएफईसँग छलफल गरेर उचित निष्कर्ष निकाल्ने बताएको छ ।

प्रकाशित : भाद्र ८, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?