१८ औं एसियाली खेलकुद : चञ्चलाले पदक जित्न सकिकन्

ध्रुव तुलाधर

जकार्ता — नेपाली खेलाडी चञ्चला दनुवार १८ औं एसियाली खेलकुदअन्तर्गत शनिबार कराँतेको महिला कातामा कांस्य पदक भिडन्तमा पराजित भएकी छन् ।

१८ औं एसियाली खेलकुद : चञ्चलाले पदक जित्न सकिकन्

जेसीसी हलमा चन्चलाले थाई प्रतिद्वन्द्वी मोन्सिचा तारारातान्कुलसागको खेल गुमाएपछि उनी पदकबाट वञ्चित भइन् । पाँचै जना जज उनको विपक्षमा रहेपछि चन्चलाले खेल ५–० ले गुमाइन् । थाई खेलाडी एसियन च्याम्पियनसिपकी कांस्य विजेता हुन् ।

चन्चलाले पहिलो खेलमा पराजय भोगे पनि रिपिचेज राउन्डमा उत्तर कोरियाली खेलाडी जी उई काङलाई ३–२ अंक अन्तरले पराजित गर्दै कांस्य पदक भिडन्तमा पुगेकी हुन् ।

पहिलो खेलमा चञ्चला मकाउकी सोइ लाम साउसाग ५–० अंकले हारेकी थिइन् । सोई लाम फाइनल पुगेपछि उनैले सेमिफाइनलमा हराएकी थाई खेलाडी मोन्सिचासँग चन्चलाले खेल्ने अवसर पाएकी हुन् ।

प्रकाशित : भाद्र ९, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?