कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१२ औं एसियाली खेलकुद : सरस्वतीको प्रदर्शनमा सुधार

ध्रुव तुलाधर

जकार्ता — धाविका सरस्वती भट्टराईले महिला ८०० मिटर दौडमा सिजनको उत्कृष्ट प्रदर्शन गरेकी छन् । १८ औं एसियाली खेलकुदको भइरहेको मुख्य रंगशाला जेरोला बुङकार्नोको ट्रयाकमा सोमबार उनले २ मिनेट १२.८५ सेकेन्डमा दूरी पार गरिन् ।

१२ औं एसियाली खेलकुद : सरस्वतीको प्रदर्शनमा सुधार

२० धाविकाले प्रतिस्पर्धा गर्दा सरस्वती १३ औं स्थानमा रहेकी थिइन् । उनी थोरैले फाइनल चरण पुग्नलाई बञ्चित भइन् । २ मिनेट १०.५० सेकेन्डसम्म दौड पूरा गर्ने फाइनल चरणलाई छानिएका थिए ।


सन् २०१६ को रियो ओलम्पिक खेलेकी सरस्वतीले भारतको भुवनेश्वरमा गत वर्ष सम्पन्न एसियन च्याम्पियनसिपमा बनाएको २ मिनेट १३.९९ सेकेन्डको उनको उत्कृष्ट टाइमिङ हो ।


१२ औं दक्षिण एसियाली खेलकुदमा ८०० मिटरको दूरी २ मिनेट १४.३५ सेकेन्डमा पूरा गर्दा उनी पााचौं स्थानमा रहेकी थिइन् ।


दक्षिण एसियाली राष्ट्रबाट दुई श्रीलंकन धाविकामात्र फाइनल चरण पुगेका छन् । बंगलादेश, पाकिस्तान, माल्दिभ्स सबै सरस्वतीभन्दा पछाडि रहे ।


महिला ८०० मिटरको राष्ट्रिय कीर्तिमान भने राजकुमारी पाण्डेको नाममा छ । उनले सन् १९८९ को चौथो साफ गेम्स, इस्लामवादमा २ मिनेट ११.०५ को राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।


सोमबारै पुरुष ८०० मिटरमा नेपालका धावक सोमबहादुर कुमालले प्रतिस्पर्धा गर्ने छन् । उनको सिजनको १ मिनेट ५३.०५ सेकेन्डको टाइमिङ छ ।


एसियाडमा पुरुष १०० मिटरको स्वर्ण चिनियाा धावक सु विङटियनले जितेका छन् । एसियाकै तीव्र गतिका धावक बनेका उनले ९.९२ सेकेन्डमा दौड पूरा गर्दै नयाा एसियन गेम्सको कीर्तिमान कायम गरेका छन् । १०.०० सेकेन्डमा दौड पूरा गरेका कतारका टोसिन ओगुनोडेले रजत र जापानका यामागाताले कांस्य जिते । उनको पनि १०.०० सेकेन्ड रहेको थियो ।


जकार्ता एसियाडमा सोमबार नेपाली खेलाडीले बक्सिङ, करााते, स्क्वास, टेबलटेनिस, पाराग्लाइडिङ र सेपाकटाक्रोमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित : भाद्र ११, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?