कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चितवन टाइगर्समा दुई विदेशी खेलाडी

काठमाडौँ — चितवन टाइगर्सले आउँदो टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताका लागि आफ्नो टिममा दुई विदेशी खेलाडी ल्याएको छ ।

चितवन टाइगर्समा दुई विदेशी खेलाडी

इंग्ल्यान्डका युवा खेलाडी म्याक्स होल्डेन र न्युजिल्यान्डका जेम्स फुलरलाई ल्याएको चितवन टाइगर्सले जनाएको हो ।

इंग्ल्यान्ड यू–१९ टोलीका पूर्वकप्तान १८ वर्षे होल्डेन ब्याटिङ अलराउन्डर र मिडलसेक्सका २८ वर्षे फुलर बलिङ अलराउन्डर हुन् । मिडलसेक्सबाटै काउन्टी क्रिकेट खेल्दै आएका होल्डेनको ट्वान्टी–२० मा स्ट्राइक रेट १ सय ३७ माथि रहेको छ । ४४ प्रथम श्रेणीको म्याच खेलिसकेका फुलरले ट्वान्टी–२० मा ७६ म्याच खेल्ने क्रममा झन्डै १ सय ५० को स्ट्राइक रेटमा रन बनाउनुका साथै ९४ विकेट लिएका छन् ।

‘गत वर्षको प्रदर्शन सन्तोषजनक हुन नसकेको पृष्ठभूमिमा टिमलाई राम्रो बनाउन राम्रै खेलाडी लिने प्रयासमा दुई प्रतिभाशाली इंग्लिस खेलाडी लिएका छौं । यसले टिमलाई नयाँ ऊर्जा दिन्छ भन्ने विश्वास हाम्रो टिमको छ,’ चितवन टाइगर्सका मालिक किशोर भट्टराईले प्रेस विज्ञप्तिमार्फत भनेका छन् ।

उनले तेस्रो विदेशी खेलाडीको पनि छिट्टै टुंगो लगाउने जनाए । गत सिजनको ईपीएलमा चितवन टाइगर्स पुछारमा थियो ।

दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको चितवन टाइगर्समा अनिल मण्डल, दिलीप नाथ, सन्दीप सुनार, भीम सार्की, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहव आलमलगायत खेलाडी छन् । दोस्रो संस्करणको ईपीएल नोभेम्बरको तेस्रो सातामा हुने कार्यक्रम छ ।

प्रकाशित : भाद्र १२, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?