कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

यामसाजनले २०० मिटर दौडिएनन्

ध्रुव तुलाधर

जकार्ता — नेपाली धावक यामसाजन सुनार १८ औं एसियाली खेलकुदको २०० मिटर दौडमा प्रतिस्पर्धा नै नगरी स्वदेश फर्किएका छन् ।

यामसाजनले २०० मिटर दौडिएनन्

उक्त इभेन्टको मंगलबार मुख्य रंगशाला जेरोला बुङकार्नोमा प्रतिस्पर्धा भएको थियो । हिट नम्बर ४ को सूचीमा यामसाजनको नाम थियो । तर लेन नम्बर ५ मा उनी अनुपस्थित रहे ।


उनले नेपाली टिम अफिसियलसामु आफू खेल्न नसक्ने कारण दिएका थिए । शनिबार १०० मिटर प्रतिस्पर्धा गरेका यामसाजनले खुट्टामा समस्या भएकाले २०० मिटर दौडन असमर्थ रहेको कारण पेश गरेका छन् । उनले १०० मिटरको हिट चरणमा ११.३९ सेकेन्डबाट दौड पूरा गरेका थिए । उनी आफ्नो टाइमिङ पनि सुधार्न असफल थिए ।


यामसाजनको २०० मिटरमा भने २१.७५ सेकेन्डको टाइमिङ छ ।


इन्चोन एसियाडसमेत खेलेका उनले १२ औं दक्षिण एसियाली खेलकुदमा २२.३१ सेकेन्डबाट दौड पूरा गरेका थिए । यस इभेन्टमा आठौं साफ खेलकुदमा रामकृष्ण चौधरीले बनाएको २१.९२ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।


२०० मिटर नखेल्ने भएपछि यामसाजनसहित एथलेटिक्स चार खेलाडी स्वेदश फर्किएका छन् । सोमबार अबेर ८०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान कायम गरेका सोमबहादुर कुमाल, म्याराथन धावकद्वय कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्की फर्केका हुन् । कुमालले धनीराम चौधरीले मद्रास साफ खेलकुदमा कायम गरेको कीर्तिमान तोड्दै १ मिनेट ५०.२५ सेकेन्डको नयाा राष्ट्रिय कीर्तिमान बनाएका थिए । सन् १९९५ को साफमा धनीरामले १ मिनेट ५०.६० सेकेन्डको कीर्तिमान बनाएका थिए ।


एथलेटिक्समा ६ खेलाडीले सहभागिता जनाएकोमा दुई महिला खेलाडीको इभेन्ट बााकी छ । विश्वरुपा बुढाले महिला ५ हजार मिटर दौडमा मंगलबारै प्रतिस्पर्धा गर्नेछिन् । सोमबार ८०० मिटरमा उत्कृष्ट प्रदर्शन गरेकी सरस्वती भट्टराईको १५०० मिटरको प्रतिस्पर्धा बुधबार हुनेछ ।


म्याराथनमा पनि दुवै धावकले दूरी पार गर्न सकेनन् । कृष्णबहादुरले ४० र गोपीचन्द्रले ३० किमिमा दौड त्यागेका थिए । यहााको बाफिलो मौसमले गर्दा मांसपेसीमा समस्या आएर बीचमै दौड त्यागेको बताएका थिए ।


एक अफिसियलले एसियाड खेल्न आउने खेलाडीको मनलाग्दी पारा भएको आरोप लगाए । उनले भने, ‘कोही इन्ट्री नै नगरिएको इभेन्टमा खेल्न चाहन्छ । कोही भएको इभेन्टमा आफ्नो प्रदर्शन सुधार हुादैन जस्तो लागेपछि खेल्न चाहादैनन् । मनलाग्दी गर्छन् ।’

प्रकाशित : भाद्र १२, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?