एसियाली खेलकुदः २७ स्कोरले स्वर्ण जित्नबाट चुक्यो नेपाल, प्याराग्लाइडिङमा रजत पदक

ध्रुव तुलाधर

जकार्ता — नेपालले १८ औं एसियाली खेलकुदमा अन्तत: पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर रजत पदक जितेको हो ।

पुरुष क्रस क्रन्ट्री तर्फ जापानभन्दा पछाडि रहँदै नेपालले रजत जितेको हो। पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा मंगलबार दोस्रो चरणको खेल सकिएसँगै नै नेपालले कम्तिमा पदक जित्ने लगभग पक्का भइसकेको थियो।

Yamaha

नेपाल २७ अंकले मात्र स्वर्ण पदकले चुकेको हो। नेपालले बुधबारको खेलमा २७ सय ९७ स्कोर बटुलेको थियो। पहिलो चार दिन शीर्षस्थानमा रहेको जापानले अन्तिम दिन २ हजार ५७ स्कोर मात्रै बनाउन सक्यो।
जापानले कुल ११ हजार ३ सय ९१ र नेपालले ११ हजार ३ सय ६४ स्कोर गर्दै क्रमशः स्वर्ण र रजत पदक जिते।

बुधबार पाँचौं तथा अन्तिम चरणको खेलमा नेपालले जापानको अग्रतालाई चुनौती दिन नसके पनि आफ्नो गतिलाई कायमै राख्दै पदक निश्चित गरेको हो। नेपाललाई नियमीत जस्तो पदक दिलाउदै आएका तेक्वान्दो, कँराते र बक्सिङ खेलहरू असफल भइरहेको अवस्थामा नेपाल धेरैपछि एसियाली खेलकुदको पदक तालिकामा शुन्य हुने स्थितिमा पुगेको थियो।

एसियाली खेलकुदमा नेपालको यो दोस्रो सबैभन्दा ठुलो पदक हो। सन् १९९८ को बैंकक एसियाली खेलकुदमा पनि तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन्।


नेपाली टोलीमा विजय गौतम, विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ र विमल थापा प्रतिस्पर्धा गरेका थिए। एसियाडमा पाराग्लाइडिङ पहिलोपल्ट समावेश खेल हो।

एसियाडको इतिहास पल्टाउने हो भने पनि प्याराग्लाइडिङमा पदक आउँदा सुखद संयोग जुर्नेछ। नेपालले हालसम्म तीन खेलबाट (तेक्वान्दो, कराँते र बक्सिङ) एसियाडमा पदक ल्याएको छ। यी तीनै खेलमा नेपालले पहिलोपटक सहभागी हुँदा नै पदक ल्याएको थियो। सन् १९९४ एसियाडमा कराँते पहिलो चोटि समावेश हुँदा सिता राईले कांस्य जितेकी थिइन्। त्यसअघि सन् १९८६ मा दक्षिण कोरियाको सोलमा तेक्वान्दो र बक्सिङ पहिलोचोटी समावेश हुँदा दुवै खेलले ४–४ कांस्य हात पारेका थिए।



पाराग्लाइडिङ जारी एसियाडमा पदकको सम्भावना भएपछि आयोजकले इन्डोनेसियाले समावेश गरेको खेल हो। एक्युरेसी इभेन्टको पुरुष टिम इभेन्टमा इन्डोनेसियाले स्वर्ण जितिसकेको छ। एक्ययुरेसीकै पुरुष एकलमा पनि इन्डोनेसियाका जाफ्रो मेगावान्टोले स्वर्ण हात पारे। महिलातर्फ एक्युरेसी टिम इभेन्टमा घरेलु टोलीले रजत जित्दा एकलमा स्थानिय खेलाडी रिका विजायन्ती कांस्यमा सिमित भइन्।
क्रस कन्ट्री टिम इभेन्टमा भने इन्डोनेसियाको पुरुष टोली चौथो र महिला टोली तेस्रो स्थानमा छन्। एक्युरेसी इभेन्टमा नेपालले कुनै पदक हात पारेन। सन् २०१९ मा नेपालमा हुने भनिएको दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्याराग्लाइडिङ समावेश गरिएको छ।
तस्बिरहरु : ध्रुव तुलाधर

प्रकाशित : भाद्र १३, २०७५ २०:१५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बलात्कारका घटना बढेकाेमा अन्तरपार्टी महिला सञ्जालको चिन्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — बलात्कार र महिला हिंसाको घटना बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले गृहमन्त्री राम बहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।

सञ्जालमा आबद्ध विभिन्न दलका महिला नेतृहरुलाई गृहमन्त्री थापाले महिला हिंसाका घटनालाई गम्भिरतापूर्वक लिएर तत्काल कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको बताए ।

सञ्जालको टोलीले पछिल्ला दिनमा देशका विभिन्न भागमा भएका महिलाको बलात्कार र हत्या लगायतका घटनाले आफूहरुलाई स्तब्ध बनाएको भन्दै गृहमन्त्रीको ध्यानार्कषण गराएका थिए ।

उनीहरुले बलत्कार सम्बन्धी विद्यमान कानूनलाई संशोधन गरी कडा कानून बनाउन पनि माग पनि राखेका छन् ।

गृहमन्त्री थापाले अनियन्त्रित मदिराको बिक्री वितरण र लागूपदार्थको सेवनले पनि महिला हिंसा बढेको बताउँदै केही दिनमै मदिरा बिक्री वितरणलाई व्यवस्थित गरिने बताए ।

प्रकाशित : भाद्र १३, २०७५ २०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT