एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

ध्रुव तुलाधर

जकार्ता — नेपालले १८ औं एसियाली खेलकुदमा अन्तत: पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर कम्तिमा रजत पदक जित्ने निश्चित भएको हो ।

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

अहिले एसियाली खेलकुदको आयोजकले कुल अंक जोड्ने कार्य गरिरहेकोले आधिकारिक निर्णय भने आउन बाँकि छ । नेपाली टोलीले पदक जितेकोमा खेलाडी र अफिसियलहरुले भने खुशियाली मनाउन थालिसकेका छन् ।


पुरुष क्रस क्रन्ट्री तर्फ पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा मंगलबार दोस्रो चरणको खेल सकिएसँगै नै नेपालले कम्तिमा पदक जित्ने लगभग पक्का भइसकेको थियो ।


प्रकाशित : भाद्र १३, २०७५ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?