१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

एसिया कप छनोट : नेपालको लगातार दोस्रो पराजय, यूएईसँग ७८ रनको हार

काठमाडौँ — एसिया कप क्रिकेट छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल यूएईसँग ७८ रनले पराजित भएको छ । यूएईले प्रस्तुत गरेको २५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४९ औं ओभरमा १ सय ७६ रनमा अल आउट भएको थियो । नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ५० रनको योगदान दिए ।

एसिया कप छनोट : नेपालको लगातार दोस्रो पराजय, यूएईसँग ७८ रनको हार

नेपालले प्रतियोगिताको बाँकी तीन खेलमा जित दर्ता गर्दै अन्य नतिजा अनुकुल भए फाइनल प्रवेश गर्ने छ । नेपालले अब आयोजक मलेसिया, सिंगापुर र हङकङसँग खेल्ने छ । नेपाल पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको थियो ।

टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले यूएईलाई २५४ रनमा रोकेको छ । नेपालका लागि उत्कृष्ट बलिङ गर्दै सन्दीप लामिछानेले ४ विकेट लिएका थिए ।

यूएईकालागि चिराग सुरीले ६५ तथा अदनान मुफ्तीले नटअाउट ५७ बनाएका थिए ।

पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाल प्रतियोगिताको शीर्ष दुई स्थानमा रहन आज जित हात दर्ता गर्नुपर्ने दबाबमा छ ।

यूएईले अघिल्लो दिन सिंगापुरलाई सहजै हराउँदै उत्कृष्ट सुरुआत गरिसकेको छ ।



प्रकाशित : भाद्र १४, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?