एसिया कप छनोट : नेपालको लगातार दोस्रो पराजय, यूएईसँग ७८ रनको हार

विनोद पाण्डे, सुबास हुमागाईं

काठमाडौँ — एसिया कप क्रिकेट छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल यूएईसँग ७८ रनले पराजित भएको छ । यूएईले प्रस्तुत गरेको २५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४९ औं ओभरमा १ सय ७६ रनमा अल आउट भएको थियो । नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ५० रनको योगदान दिए ।

फाइल तस्बिर

नेपालले प्रतियोगिताको बाँकी तीन खेलमा जित दर्ता गर्दै अन्य नतिजा अनुकुल भए फाइनल प्रवेश गर्ने छ। नेपालले अब आयोजक मलेसिया, सिंगापुर र हङकङसँग खेल्ने छ। नेपाल पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको थियो।

टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले यूएईलाई २५४ रनमा रोकेको छ। नेपालका लागि उत्कृष्ट बलिङ गर्दै सन्दीप लामिछानेले ४ विकेट लिएका थिए।

Yamaha

यूएईकालागि चिराग सुरीले ६५ तथा अदनान मुफ्तीले नटअाउट ५७ बनाएका थिए।

पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाल प्रतियोगिताको शीर्ष दुई स्थानमा रहन आज जित हात दर्ता गर्नुपर्ने दबाबमा छ।

यूएईले अघिल्लो दिन सिंगापुरलाई सहजै हराउँदै उत्कृष्ट सुरुआत गरिसकेको छ।

प्रकाशित : भाद्र १४, २०७५ ०८:१०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एसिया कप छनोट: ओमानले नेपाललाई ७ विकेटले हरायो

विनोद पाण्डे, सुबास हुमागाईं

काठमाडौँ — एसिया कप छनोट अन्तर्गत पहिलो खेलमा अोमानले नेपाललाई ७ विकेटले हराएको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य अोमानले ४८ अोभरमा पुरा गरेको हो ।

अोमानका लागि खावर अलीले नटअाउट ८४ तथा जिसन माेक्सुदले नटअाउट ४५ रन जोडे।

मलेसियाको बायुमास ओभलमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै नेपालले ५० ओभरमा ७ विकेट घुमाएर २२२ रन बनाएको थियो। यस्तैज्ञानेन्द्र मल्लले ६० बलको सामना गर्दै ४५ रन र आरिफ शेखले ७४ बलमा ३६ रन बनाएका थिए।

६ टोली सम्मिलित प्रतियोगिताको विजेता दुई सातापछि संयुक्त अरब एमिरेट्स (यूएई) मा हुने एसिया कपका लागि छनोट हुनेछ।

प्रतियोगितामा नेपालसँगै यूएई र हङकङलाई एसिया कप छनोटको प्रमुख दाबेदारका रूपमा हेरिएको छ।

नेपाल र ओमानका बीचमा अहिले ठूलै भिन्नता जस्तो देखिएको छ। यो भिन्नता ७ महिनाको दूरीमा बनेको हो। फेब्रुअरीमा मात्र नेपाल र ओमान एकै स्तर अर्थात् विश्व क्रिकेट लिगको डिभिजन २ मा खेल्थे। नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट झरेर डिभिजन २ मा आएको थियो भने ओमान डिभिजन ३ बाट उक्लेको थियो।

डिभिजन २ मा नेपालमाथि ओमानले ६ विकेटको विजय हात पारेको थियो। ओमानसँगको पराजय नेपाललाई राम्रो सबक बन्यो। त्यस प्रतियोगितामा नेपालले बाँकीको खेल जित्दै विश्वकप छनोटमा सहभागी हुँदै वान–डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र बन्यो। ओमान भने नामिबियाको त्यही प्रतियोगिताबाट रेलिगेसनमा पर्दै डिभिजन ३ मा झरेको थियो।

प्रकाशित : भाद्र १३, २०७५ ०७:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT