खेलकुद

Sports News of Nepal

१८ औं एसियाली खेलकुद: फुपूल्हामुलाई चोटिलो चोट

पदकको प्रबल दाबेदार जुडोकी फुपूल्हामु खत्रीले १८ औं एसियाली खेलकुद यात्रालाई चोटसँगै टुंग्याएकी छन् । जकार्ता कन्भेन्सन सेन्टरको हलस्थित म्याट १ मा बिहीबार प्रतिस्पर्धा गर्न उत्रिएकी फुपूले आयोजक राष्ट्रकी एर्डेलिया युलीलाई खेल सुम्पिइन् ।

१८ औं एसियाली खेलकुद: फुपूल्हामुलाई चोटिलो चोट

एसिया कप छनोटको फाइनलमा पुग्ने सम्भावना पातलो हुँदै

लगातार दोस्रो पराजय बेहोरेपछि नेपालको एसिया कप छनोटको फाइनलमा पुग्ने सम्भावना पातलो हुँदै गएको छ । वान–डे अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बिहीबार दाबेदार यूएईले नेपाललाई ७८ रनले पराजित गर्‍यो ।

एसिया कप छनोटको फाइनलमा पुग्ने सम्भावना पातलो हुँदै
भाद्र १४, २०७५

एसिया कप छनोट : नेपालको लगातार दोस्रो पराजय, यूएईसँग ७८ रनको हार

एसिया कप क्रिकेट छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल यूएईसँग ७८ रनले पराजित भएको छ । यूएईले प्रस्तुत गरेको २५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४९ औं ओभरमा १ सय ७६ रनमा अल आउट भएको थियो । नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ५० रनको योगदान दिए ।

एसिया कप छनोट : नेपालको लगातार दोस्रो पराजय, यूएईसँग ७८ रनको हार

१८ औं एसियाली खेलकुद: जुडोको खराब सुरुआत

१८ औं एसियाली खेलकुदमा पदक आस गरिएको जुडोका इन्द्रबहादुर श्रेष्ठ पहिलो खेलमा पराजित भएका छन् । जेसीसी हलको म्याट नम्बर एकमा खेलेका इन्द्रबहादुर उत्तर कोरियाली प्रतिद्वन्द्वी ह्योङ उन किमसँग टिक्न सकेनन् ।

१८ औं एसियाली खेलकुद: जुडोको खराब सुरुआत

श्री एयरलाइन्स सेमिफाइनलमा

श्री एयरलाइन्सले पाँचौं कर्पोरेट इन्डोर प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलमा सोमबार एनएमबी बैंकलाई १० रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

श्री एयरलाइन्स सेमिफाइनलमा

पाराग्लाइडिङमा छलाङ

पाराग्लाइडिङको नियम हो– जमिनबाट हावामा छलाङ मार्नु । हावामा कावा खाँदै फेरि जमिन टेक्नु । २० वर्षपछि पाराग्लाइडिङको एसियाड छलाङ कम्ता रोचक छैन ।

पाराग्लाइडिङमा छलाङ
भाद्र १३, २०७५

एसियाली खेलकुदः २७ स्कोरले स्वर्ण जित्नबाट चुक्यो नेपाल, प्याराग्लाइडिङमा रजत पदक

नेपालले १८ औं एसियाली खेलकुदमा अन्तत: पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर रजत पदक जितेको हो ।

एसियाली खेलकुदः २७ स्कोरले स्वर्ण जित्नबाट चुक्यो नेपाल, प्याराग्लाइडिङमा रजत पदक

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

नेपालले १८ औं एसियाली खेलकुदमा अन्तत: पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर कम्तिमा रजत पदक जित्ने निश्चित भएको हो ।

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

नेपालको पदक निश्चितजस्तै

नेपालले १८ औं एसियाली खेलकुदमा पहिलो पदक जित्ने लगभग निश्चित जस्तै भएको छ । इन्डोनेसियामा भइरहेको प्रतियोगितामा प्याराग्लाइडिङको क्रस कन्ट्रीतर्फ नेपालको पुरुष टोली उत्कृष्ट प्रदर्शन गर्दै पदकनजिक पुगेको छ ।

नेपालको पदक निश्चितजस्तै

किन दौडिएनन् यामसाजन ?

नेपाली धावक यामसाजन सुनार १८ औं एसियाली खेलकुदको २०० मिटर दौडमा सहभागी नै नभई स्वदेश फर्किएका छन् । यसलाई नेपाली एसियाड टोलीका ‘सेभ द मिसन’ केशवकुमार विष्टले खेलाडीको गैरजिम्मेवारीपूर्ण कार्य भनेका छन् ।

किन दौडिएनन् यामसाजन ?

एसिया कप छनोट: ओमानले नेपाललाई ७ विकेटले हरायो

एसिया कप छनोट अन्तर्गत पहिलो खेलमा अोमानले नेपाललाई ७ विकेटले हराएको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य अोमानले ४८ अोभरमा पुरा गरेको हो ।

एसिया कप छनोट: ओमानले नेपाललाई ७ विकेटले हरायो