कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालद्वारा मलेसिया १९ रनले पराजित [अपडेट]

काठमाडौँ — एसिया कप छनोट अन्तर्गतको तेस्रो खेलमा नेपालले आयोजक राष्ट्र मलेसियालाई १९ रनले पराजित गरेको छ । वर्षाका कारण ३०/३० ओभरमा छुट्याइएको खेलमा नेपालले ७ विकेट गुमाउँदै १८८ रन जोडेको थियो । १८९ रनको विजय लक्ष्य पछ्याएको मलेसियाले ९ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो ।

नेपालद्वारा मलेसिया १९ रनले पराजित [अपडेट]

मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपालका लागि आरिफ शेखले नट आउट ६४ रन र दीपेन्द्रसिंह ऐरीले ५४ रनको योगदान दिए ।

यी दुई खेलाडीले छैटौं विकेटका लागि शतकीय साझेदारी गरेपछि नेपालले राम्रो योगफल खडा गरेको हो ।

आज बिहान नेपाली समयअनुसार सवा ७ बजे खेल हुनुपर्ने भएपनि वर्षाका कारण केहीबेर ढिला भएको थियो। मलेसियाले टस जितेर फिल्डिङ रोजेको थियो । खेल ३०-३० ओभरमा छोट्याइएको थियो ।

नेपालले यसअघि खेलेका दुवै खेलमा हार व्यहोरेको थियो । जितसँगै नेपालले छनौट खेलको फाइनलमा पुग्ने सम्भावना जिवितै राखेको छ । छनौट खेलको विजेताले एसिया कप खेल्न पाउनेछ ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?