१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

एसिया कप छनोट : नेपालद्वारा सिंगापुर ४ विकेटले पराजित

काठमाडौँ — एसिया कप छनोटअन्तर्गत चौथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले २९ औं ओभरमा ६ विकेट गुमाउँदै प्राप्त गरेको हो । नेपालका लागि अनिल शाहले ४३ तथा दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान दिए ।

एसिया कप छनोट : नेपालद्वारा सिंगापुर ४ विकेटले पराजित

सिंगापुरले नेपाललाई जितको लागि १ सय ५२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको सिंगापुर ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको हो ।


नेपालका लागि स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३-३ विकेट लिए । सिंगापुरका चेतन सूर्यवंशीले ६० रन जोडेका थिए।


प्रतियोगिताको सुरुआती दुई खेलमा ओमान र यूएईसँग पराजित नेपालले शनिबार मलेसियालाई हराउँदै पहिलो जित दर्ता गरेको थियो । ओमान ३ खेलमा ३ जित सहित शीर्ष स्थानमा छ भने हङकङ र यूएईले २–२ जित दर्ता गरेका छन् ।


प्रकाशित : भाद्र १७, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?