भारत पकड बनाउँदै

एएफपी

साउथह्याम्पटन — तीव्र गतिका बलर मोहमद सामीले लन्चको ठीक अगाडि र पछाडिको लगातार बलमा विकेट लिनु र त्यसपछि कप्तान जो रुट रनआउट हुँदा भारतले चौथो टेस्टको दोस्रो दिन खेलमा पकड जमाएको छ ।

भारत पकड बनाउँदै

शनिबार ८० ओभरको खेल समाप्त हुँदासम्म इंग्ल्यान्ड २१८–६ को स्थितिमा छ । इंग्ल्यान्डले दोस्रो इनिङ्समा १ सय ९१ रनको अग्रता लिएको छ । इंग्ल्यान्डका लागि क्रिजमा जोस बटलर ६३ र स्याम करान १३ रनमा खेलिरहेका छन् ।

पाँच खेलको सिरिजलाई २–२ को बराबरीमा ल्याउने लक्ष्यसहित उत्रेको भारतीय टोलीका लागि सामीले लन्चअघि ओपनर किटन जेनिङ्सलाई ३६ रनको स्थितिमा एलबीडब्लू धरापमा पारे । लगत्तै दोस्रो सेसनको पहिलो बलमै नयाँ ब्याट्सम्यान जोनी बेरस्टो बोल्ड भए । त्यसपछि अर्को ओभरको पहिलो बलमा सामीको ह्याट्रिक बलमा जोगिए पनि रुट सामीको डाइरेक्ट थ्रोमा ४८ रनमा खेलिरहँदा रनआउट भए ।

दिनको सुरुआतमा ६–० को स्थितिमा रहेको इंग्ल्यान्डले ओपनर एलेस्टर कुकलाई १२ रनमा गुमाएको थियो । ब्याटिङ क्रममा बढुवा भएका मोइन अली पनि सस्तैमा आउट भएपछि इंग्ल्यान्ड ३३–२ को स्थितिमा पुगेको थियो । त्यसपछि जेनिङ्स र कुकले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे ।

रुट आउट भएपछि क्रिजमा आएका बटलरले बेन स्टोक्ससँग छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे । स्टोक्स ३० रनमा आउट भए । भारतका लागि सामीले २ तथा रवि आश्विन, इशान्त शर्मा र जसप्रित बुमराहले १–१ विकेट हात पारेका छन् । अघिल्लो दिन ुचेतेश्वर पुजारा १ सय ३२ रनमा नटआउट रहँदा भारत २ सय ७३ रनमा अलआउट भएको थियो ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?