कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लिभरपुल र चेल्सी विजयी

एएफपी

लन्डन — लिभरपुल र चेल्सीले इंग्लिस प्रिमियर लिगमा लगातर चौथो जित हात पारेका छन् । गोलरक्षक एलिसन बेकरको अक्षम्य गल्तीका बावजुद लिभरपुलले शनिबार लेस्टर सिटीलाई २–१ पराजित गर्‍यो ।

लिभरपुल र चेल्सी विजयी

चेल्सीले स्टामफोर्ड ब्रिजमा बर्नमाउथमाथि २–० को कठिन जित हात पार्‍यो । यी दुई टोली नै अंक तालिकाको शीर्ष दुई स्थानमा छन् ।

साडियो माने र रोबर्टो फिर्मिनोको गोलमा लिभरपुलले किङ पावर रंगशालामा पहिलो हाफमै २ गोलको अग्रता लिएको थियो । मानेले सिजनको सुरुआतमा ४ गोल गरिसकेका छन् । ब्राजिलियन स्ट्राइकर फिर्मिनोको सिजनमा यो पहिलो गोल पनि हो । मानेले १० औं मिनेटमा खाता खोले । फिर्मिनोले मध्यान्तर हुनु ठीक अगाडि कर्नरमा हेडबाट गोल गरे ।

तर ब्राजिली गोलरक्षक एलिसनले अनावश्यक गल्ती गर्दा उनको नियन्त्रणमा रहेको बल केलेची इहेनाचोले छिनेर दिएको पासमा रचिद घेजालले लेस्टरबाट गोल फर्काए । घेजालको यो प्रिमियर लिगमा पहिलो खेल पनि हो । लेस्टरले पहिलो ३ मध्येको २ खेल जितेको थियो ।

वैकल्पिक पेड्रोले ७३ औं मिनेटमा चेल्सीको गोलको खडेरीलाई तोडेका थिए । इडेन हाजार्डले ८५ औं मिनेटमा दोस्रो गोल थपेपछि चौथो खेलमा आएर बर्नमाउथको अपराजित यात्रा टुंगियो । बर्नमाउथको ७ अंक छ । डानी इङ्सको पहिलो गोलबाट प्रेरित साउथ ह्याम्पटनले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरी सिजनमा पहिलो जित हात पारेको छ ।

ट्रान्सफर विन्डोमा ठूलो खर्च गरेको एभरटनलाई गुडिसन पार्कमै हडर्सफिल्डले १–१ को बराबरीमा रोकिदियो । फुलहमले २–० को अग्रता जोगाउन सकेन । ग्लेन मरेको दुई गोलमा ब्राइटनले फुलहमसँग २–२ को नतिजा निकाल्यो । म्यानचेस्टर सिटीका पूर्वव्यवस्थापक म्यानुएल पेलेग्रिनीले वेस्ट ह्याममा लगाचार चौथो पराजय भोगे । उनको वेस्ट ह्यामलाई ओलम्पिक रंगशालामै वोल्भसले १–० ले पराजित गर्‍यो ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?