रेडस्टारलाई पाथीभरा गोल्डकप

आनन्द गौतम

ताप्लेजुङ — रेडस्टार क्लब झापाले पाथीभरा गोल्डकपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा आफ्नै जिल्लाको न्यु स्टार क्लबलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै रेडस्टार उपाधि चुम्न सफल रह्यो ।

पाथीभरा गोल्डकपको उपाधिसाथ झापाको रेडस्टार क्लब । तस्बिर : आनन्द

निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

रेडस्टारले विदेशी खेलाडी ग्लोरीको २२ औं मिनेटको गोलसँगै खेलमा अग्रता लिएको थियो । न्यु स्टारका लागि विजय राईले ७२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीपछि थप गरिएको अतिरिक्त समय सकिन दुई मिनेट बाँकी छँदा रेडस्टारका कप्तान कर्ण लिम्बूले निर्णायक गोल गरे । उनको कर्नर प्रहारले सीधै जाली चुमेपछि रेडस्टारले उपाधि जितेको हो ।

उपाधि विजेता रेडस्टारले ३ लाख १ सय ११ तथा उपविजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको विजेता ट्रफी पाँच किलो चाँदीमा दुई तोला सुन लेपन गरी निर्माण गरिएको छ । प्रतियोगितामा विधागत उत्कृष्टमा रेडस्टारका दिनेश थापामगर (गोलरक्षक), ग्लोरी (फरवार्ड), खमिर गिल्सन कन्दङवा (प्रशिक्षक) तथा न्यु स्टारका विशाल दर्जी (डिफेन्स) र सञ्जोग राई (मिडफिल्डर) चुनिए ।

Yamaha

रेडस्टारकै विवेक पौडेल सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । विधागत विजेता जनही १० हजार रुपैयाँले पुरस्कृत भए । प्रतियोगिता लाखे जात्राको अवसरमा २०२९ सालदेखि निरन्तर हुँदै आएको छ ।

Esewa Pasal

प्रकाशित : भाद्र १७, २०७५ ०९:०९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

फुटबलको स्वर्ण दक्षिण कोरियालाई

कान्तिपुर संवाददाता

काठमाडौँ — एसियाड फुटबलतर्फ फाइनल खेलमा जापानलाई २–१ ले पराजित गर्दै दक्षिण कोरियाले फुटबलको स्वर्णपदक हात पारेको छ ।

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा तीन गोल सम्भव भएका थिए । ली सुङ र हाङ चानको गोलमा कोरियाले २–० को अग्रता बनाएको थियो । अयासे उएडाले अन्तिम समयमा गोल फर्काए पनि दक्षिण कोरियाले जित दर्ता गर्‍यो ।

यस स्वर्णसँगै फुटबल टोलीका सम्पूर्ण सदस्यले दक्षिण कोरियाको अनिवार्य सैनिक अभ्यासबाट उन्मुक्ति पाएका छन् । कोरियाको नियमानुसार २८ वर्ष पूरा हुनुअघि नै २ वर्ष सैनिक अभ्यास अनिवार्य रहेको छ ।

यस स्वर्णपदकले टोलीका कप्तान एवं इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हट्स्परबाट खेल्दै आएका विंगर ह्युङ मिन सनलगायत शीर्ष खेलाडीलाई फाइदा पुगेको छ । सनले गत सातामात्र क्लबसँग पाँच वर्षे सम्झौता गरेका थिए ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT