कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रेडस्टारलाई पाथीभरा गोल्डकप

आनन्द गौतम

ताप्लेजुङ — रेडस्टार क्लब झापाले पाथीभरा गोल्डकपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा आफ्नै जिल्लाको न्यु स्टार क्लबलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै रेडस्टार उपाधि चुम्न सफल रह्यो ।

रेडस्टारलाई पाथीभरा गोल्डकप

निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

रेडस्टारले विदेशी खेलाडी ग्लोरीको २२ औं मिनेटको गोलसँगै खेलमा अग्रता लिएको थियो । न्यु स्टारका लागि विजय राईले ७२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीपछि थप गरिएको अतिरिक्त समय सकिन दुई मिनेट बाँकी छँदा रेडस्टारका कप्तान कर्ण लिम्बूले निर्णायक गोल गरे । उनको कर्नर प्रहारले सीधै जाली चुमेपछि रेडस्टारले उपाधि जितेको हो ।

उपाधि विजेता रेडस्टारले ३ लाख १ सय ११ तथा उपविजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको विजेता ट्रफी पाँच किलो चाँदीमा दुई तोला सुन लेपन गरी निर्माण गरिएको छ । प्रतियोगितामा विधागत उत्कृष्टमा रेडस्टारका दिनेश थापामगर (गोलरक्षक), ग्लोरी (फरवार्ड), खमिर गिल्सन कन्दङवा (प्रशिक्षक) तथा न्यु स्टारका विशाल दर्जी (डिफेन्स) र सञ्जोग राई (मिडफिल्डर) चुनिए ।

रेडस्टारकै विवेक पौडेल सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । विधागत विजेता जनही १० हजार रुपैयाँले पुरस्कृत भए । प्रतियोगिता लाखे जात्राको अवसरमा २०२९ सालदेखि निरन्तर हुँदै आएको छ ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?