कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बङ्गबन्धुको पुरस्कार अझै पाइएन

रासस

काठमाडौँ — बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन । 

बङ्गबन्धुको पुरस्कार अझै पाइएन

नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जिते बापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो ।


उक्त प्रतियोगितामा नेपालले फाइनलमा बहराइनलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो । पाँचौँ संस्करणको खेल तालिका सार्वजनिक गरिँदा समेत नेपालले पुरस्कार राशि नपाएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता किरण राईले जानकारी दिए ।


उनले भने,'अघिल्लो संस्करणमा जीतेको पुरस्कार नपाए अगामी प्रतियोगितामा भाग लिदैनौँ ।' त्यतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो ।


बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ । बङ्गलादेश फुटबल महासङ्घले गएको शनिबार पाँचौँ संस्कारणको खेल तालिका सार्वजनिक गरिसकेको छ । पाँचौँ संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा हुनेछ ।


शनिबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल प्रतियोगिताको समूह 'ए' मा परेको छ । समूह 'ए' मा प्यालेस्टाइन र ताजकिस्तानसमेत छन् । समूह 'बी' मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् ।

प्रकाशित : भाद्र १८, २०७५ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?