एसिया कप छनोटमा नेपाल हङकङसँग ३ विकेटले पराजित

विनोद पाण्डे, सुबास हुमागाईं

काठमाडौँ — एसिया कप छनोटको अन्तिम लिग खेलमा हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले प्रस्तुत गरेको ९६ रनको लक्ष्य हङकङले ३३ औं ओभरमा प्राप्त गरेको हो ।

अन्शुमन रथले अर्धशतक जोडेपछि नेपाल सहजै पराजित भएको हो । नेपालका लागि स्पिनर सन्दीप लामिछानेले ५ विकेट हात पारेका थिए ।

Yamaha

अपडेट

प्रकाशित : भाद्र १९, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्

एसिया कप छनोट : नेपालद्वारा सिंगापुर ४ विकेटले पराजित

विनोद पाण्डे, सुबास हुमागाईं

काठमाडौँ — एसिया कप छनोटअन्तर्गत चौथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले २९ औं ओभरमा ६ विकेट गुमाउँदै प्राप्त गरेको हो । नेपालका लागि अनिल शाहले ४३ तथा दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान दिए ।

सिंगापुरले नेपाललाई जितको लागि १ सय ५२ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको सिंगापुर ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको हो।


नेपालका लागि स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३-३ विकेट लिए। सिंगापुरका चेतन सूर्यवंशीले ६० रन जोडेका थिए।

प्रतियोगिताको सुरुआती दुई खेलमा ओमान र यूएईसँग पराजित नेपालले शनिबार मलेसियालाई हराउँदै पहिलो जित दर्ता गरेको थियो। ओमान ३ खेलमा ३ जित सहित शीर्ष स्थानमा छ भने हङकङ र यूएईले २–२ जित दर्ता गरेका छन्।

प्रकाशित : भाद्र १७, २०७५ ०७:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT