फिफा उत्कृष्ट खेलाडीका लागि तीन जनाको नाम मनोनयन

रासस/एएफपी

लण्डन — विश्व फुटबल महासंघ (फिफा)ले दिने यस वर्षको विश्व पुरुष खेलाडी वर्ष अवार्डका लागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ ।

फिफा उत्कृष्ट खेलाडीका लागि तीन जनाको नाम मनोनयन

क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको हो । यी मध्ये रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए ।


तर यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन् । उनी विगत ११ वर्षदेखि फिफाको उत्कृष्ट तीन खेलाडीको सूचीमा पर्दै आएका थिए ।


फ्रन्सका विश्वकप विजेता टोली व्यवस्थापक डिडिएर डेस्चाम्पस, जलाटको डालिक र जिनेडिन जिडाने भने यसअघि नै वर्ष प्रशिक्षक अवार्डका लागि मनोनयनमा परेका थिए ।

प्रकाशित : भाद्र १९, २०७५ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?