१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

साफ च्याम्पियनसिप : पाकिस्तानसँग नेपाल पराजित

कञ्चन अधिकारी

बंगलादेश — साफ च्याम्पियनसिप अन्तर्गत मंगलबार भएको पहिलो खेलमा पाकिस्तानसँग नेपाल २-१ गोलले पराजित भएको छ ।

साफ च्याम्पियनसिप : पाकिस्तानसँग नेपाल पराजित

ढाकास्थित बंगबन्धु रंगशालामा भएको समूह ए को पहिलो खेलमा पाकिस्तानलाई विजयी दिलाउने क्रममा मोहम्मद अलीले ९६अौ‌ँ मिनेटमा हेडमा गोल गरेका थिए ।

यसअघि पाकिस्तानले पेनाल्टी मार्फत् अग्रता लिएको थियो । नेपालका कप्तान विराज महर्जनले पाकिस्तानको पेनाल्टी एरियामा फाउल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो ।


पाकिस्तानका १० नम्बरका खेलाडी हसन नाविद बसिरले गोल गरेका थिए । दोस्रो हाफमा विमल घर्ती मगरले गोल फर्काउदै नेपाललाई बराबरीमा ल्याएको थियो ।

नेपालको सुरुआती ११ मा किरण चेम्जोङ, सुमन अर्याल, अनन्त तामाङ, आदित्य चौधरी, विराज महर्जन (कप्तान), सुजल श्रेष्ठ, रोहित चन्द, विमल घर्ति मगर, अन्जन विष्ट, भरत खवास, नवयुग श्रेष्ठ रहेका थिए ।


च्याम्पियनसिपमा समूह ए र बी मा गरेर जम्मा सात देश सहभागी छन्। समूह ए मा नेपालसहित पकिस्तान, भुटान र बंगलादेश रहेको छ भने बी समूहमा भारत, माल्दिभ्स र श्रीलंका रहेको छ।

प्रकाशित : भाद्र १९, २०७५ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?