एसियाली खेलकुदमा रजत पदक जितेको टिमलाई पोखरामा सम्मान

विना थापा

कास्की — १८ औँ एसियाली खेलकुदमा प्याराग्लाइडिङमा रजत पदक जितेको नेपाली टिमलाई मंगलबार पोखरमा सम्मान गरिएको छ । 

पश्चिमाञ्चल क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समिति पोखरा कास्कीको आयोजनामा भएको कार्यक्रममा सम्मान पत्र र दोसल्ला ओढाएर टिमलाई सम्मान गरेका हुन् ।

Yamaha


कार्यक्रम हुनुअघि विमनस्थलमा ओर्लिएका टिमलाई बजागाजासहित पोखराका मुस्ताङचोक, राष्ट्र बैंक चोक, लेकसाइड, जिरोकिलो मिटार, सभागृहचोक, चिप्लेढुङगा, नयाँबजार हुँदै पृथ्वीचोक भएर रंगशालामा पुगी सम्मान गरिएको थियो ।

प्रकाशित : भाद्र १९, २०७५ १७:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एम्बेसी फेस्टिवलमा नेपालको सहभागिता 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेदरल्याण्ड्सको डेन हाग नगरपालिकाको सहयोगमा लाइभ वेभ संस्थाले आयोजना गरेको  बहु सांस्कृतिक प्रवर्द्धन गर्नका लागि गत एक सेप्टेम्बरमा आयोजना गरेको एम्बेसी फेस्टिवलमा नेपाली दूतावास बेल्जियमले पनि सहभागिता जनाएको छ । 

वेनेलक्स तथा युरोपेली मिसनका लागि नेपाली राजदुत लोक बहादुर थापाले नेपालको बहु संस्कृति, परिकारहरु, भेषभुषा र पर्यटन तथा नेपाली उत्पादनहरुको प्रवर्द्धन गर्नका लागि जानकारी दिदै नेपाललाई युरोपेली डायस्पोरा लगायत संसारका विभिन्न मुलुकहरु नेपाललाई परिचित बनाउन सहयोग पुगेको र नेपालमा जाने पर्यटकको संख्यामा वद्धि हुने विश्वास लिएको बताउनु भयो । हाल नेदरल्याण्ड्सबाट करिब तेह्र हजारको संख्यामा पर्यटक नेपाल जाने गरेका छन् ।

फेस्टिवलमा नेपाल प्याभिलिएन मार्फत पर्यटन, हस्तकला, नेपाली परिकार प्रवद्र्धन, भेषभुषा र पर्यटन सम्बन्धी जानकारीहरु प्रदान गरिएको थियो ।

नेपालीहरुको तर्फबाट कार्यक्रमको व्यवस्थापन एनआरएन नेदरल्याण्ड्स र नेदरल्याण्ड्सका नेपाली संघसंस्थाहरुले गरेका थिए । उक्त फेस्टिवलमा ६२ वटा राजदूतावासहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : भाद्र १९, २०७५ १७:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT