नेपाली फुटबलका सफल कप्तान विराज, जो आफ्नै प्रशिक्षकलाई उछिन्दै छन्

ऐतिहासिक उपलब्धि हासिल गर्दै विराज
हिमेश, कञ्चन अधिकारी

बंगलादेश (ढाका) — नेपालले साफ च्याम्पियनसिप २०१८ मा बिहीबार भुटानको सामना गर्दा त्यो नेपाली फुटबलका लागि कोसेढुंगा उपलब्धि सावित हुन सक्नेछ । नेपालका कप्तान विराज महर्जनले भुटानको सामाना गर्ने अवसर पाए भने त्यो उनको ६९ औं क्याप हुनेछ र र यस क्रममा उनी नेपालका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुनेछन् । 

पाकिस्तान विरुद्ध उनले ६८ ‍ क्याप जित्दै नेपालका लागि सर्वाधिक खेलेको कीर्तिमान राष्ट्रिय टिमका पूर्व खेलाडी तथा कप्तान राजु शाक्यसँग बराबरी गरेका थिए।

Yamaha

अब भुटानको सामना गर्द विराज सामू आफ्नै प्रशिक्षकलाई उछिन्ने अवसर हुनेछ। भुटान विरुद्धको खेल अगाडि कान्तिपुरसँग कुराकानी गर्दै विराजले भनेका छन्, 'यो उपलब्धिको लागि म निकै खुशी छु र कीर्तिमान प्रदर्शनका लागि रोमान्चित छु, यहाँसम्म पुग्न मेरो खेल जीवनमा सहयोग गर्ने परिवार, प्रशिक्षक, साथी, खेलाडी र एन्फा तथा अरु सबै शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु।'

एन्फाको दोस्रो व्याचको उत्पादन विराजले सन् २००८ मा पाकिस्तान विरुद्ध पोखरामा भएको खेलमा डेब्यु गरेका थिए। सन् २०१५ मा भारतको केरलामा भएको साफ च्याम्पियनसिपको क्रममा श्रीलंका विरुद्ध उनले पहिलोपल्ट कप्तानीको अवसर पाएका थिए।

पोखरामा खेले यता उनी नियमित रुपमा राष्ट्रिय टिममा छन्। सम्भवतः आफ्नो खेल जीवनको अन्त्यतिर रहेका विराजका लागि अहिलेको साफ च्यम्पियनसिप अन्तिम ठूलो प्रतियोगिता हुन सक्छ।

उनको पारिवारिक पृष्ठभूमी नै फुटबलमय रहेको छ। दशरथ रंगशाला नजिकको त्रिपुरेश्वरमा हुर्केका विराजले सानै उमेरदेखि परिवारमै फुटबल सिकेका थिए। उनी बाहेक उनको परिवारबाट दाजु विक्रम महर्जन र काका रत्नजीत महर्जनले उमेर समूहमा नेपालको राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका छन्।

घरेलु फुटबलमा मनाङ मर्स्याङ्दीसँग आवद्ध विराजले थ्रीस्टारबाट पनि लामो समय खेले। सानो छँदा ब्राजिलियन खेाडी रोबोर्टो कार्लोसबाट प्रभावित विराजले आफूलाई उनकै जस्तो भूमिकामा ढालेका थिए। उनले नेपाली राष्ट्रिय टिमका लागि एक गोल मात्रै गरेका छन्।

नेपालको रक्षापंक्ति क्रममा उनी दायाँबायाँ र बीचमा सबै भूमिका खेल्न पोख्त छन्। उपाधि जितेको हिसाबमा उनी सबैभन्दा सफल कप्तान हुन्। उनको नेतृत्वमा नेपालले बंगबन्धु कप, सोलिडारिटी कप र दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा स्वर्ण जितेको थियो।

संयोगले उनले उछिन्न लागेका शाक्य दोस्रो सफल कप्तान हुन्। सन् १९९३ मा नेपालले दक्षिण एसियाली फुटबलमा स्वर्ण जित्दा उनै शाक्य कप्तन थिए। यो उपलब्धि बंगबन्धु रंगशालामै प्राप्त भएको थियो। संयोगले विराजले यही रंगशालमा २५ वर्षपछि शाक्यलाई सर्वाधिक खेल खेलेको कीर्तिमानमा उछिन्दै छन्।

Esewa Pasal

प्रकाशित : भाद्र २०, २०७५ १०:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

साफ च्याम्पियनसिप : भुटानसँगको खेल नेपालका लागि 'गर या मर'को स्थिति

हिमेश, कञ्चन अधिकारी

बंगलादेश (ढाका) — पहिलो खेल गुमाएर दबाबमा परेको नेपालले साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' को आफ्नो दोस्रो खेलमा बिहीबार भुटानको सामना गर्दै छ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार व्यहोरेको थियो । यही हारले नेपाल दबाबमा छ । भुटानले पनि आफ्नो पहिलो खेल आयोजक राष्ट्र बंगलादेशसँग २-० ले गुमाएको थियो । यस्तोमा दुवैका लागि भोलिको खेल महत्वपूर्ण रहने छ ।

यस खेलमा नेपालले आफू अनुकुल नतिजा निकाल्न सकेन भने लिग चरणबाटै बाहिरने सम्भावना रहन्छ। त्यसैले यो खेल नेपालको लागि गर या मरको स्थिति हो। भुटानको सामना गर्नुअघि कान्तिपुरसँग कुराकानी गर्दै मुख्य प्रशिक्षक बालगोपाल महर्जनले यो खेललाई लिएर आफू सकारात्मक रहेको बताएका छन्। उनले भनेका छन्, 'फुटबलमा सबै प्रकारका सम्भावना रहन्छन्। हामी यो खेल जितेर दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाउन चाहन्छौं।'

यस्तै भुटानी प्रशिक्षक ट्रेभर मोर्गनले नेपाल विरुद्धको खेल सबै प्रकारले खुल्ला रहने बताएका छन्। उनका अनुसार दुवै टिमलाई जित आवश्यक रहेकोले यो खेलमा तीब्र प्रतिस्पर्धा हुने निश्चित छ।

नेपाली फुटबल इतिहासमा भुटान नै एक मात्र यस्तो प्रतिद्वन्द्वी हो जसका विरुद्ध अहिलेसम्म हार व्यहोर्न परेको छैन। यस्तोमा नेपालले यही टिमको समना गर्दा निक्कै सझबुझ पूर्ण रुपमा प्रस्तुत हुनुपर्ने छ।

पछिल्लो समय भुटानी फुटबलले निकै प्रगति गरेको छ। र, केही आश्चर्यजनक नतिजा निकालेको पनि छ। त्यसैले यसपल्ट नेपालले भुटानलाई कम आँक्न मिल्दैन। भुटानले पछिल्लो विश्वकप छनौटमा श्रीलंकालाई दुई लेगमा हराएको थियो।

अहिलेसम्म साफ च्याम्पियनसिपमा नेापल र भुटानबीच २ खेल मात्रै भएका छन्। जसमा दुवै खेलमा नेपाल विजयी भएको छ। नेपालले सन् २००३ को साफ च्याम्पियनसिपमा भुटानलाई बंगबन्धु रंगशालमा नै भएको खेलमा २-0 ले हराएको थियो भने सन् २००५ मा कराँचीमा भएको खेलमा नेपालले भुटानलाई ३-१ ले हराएको थियो।

प्रकाशित : भाद्र २०, २०७५ ०९:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT