कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

साफ च्याम्पियनसिपः नेपाल भुटानसँग ४-० ले विजयी

हिमेश, कञ्चन अधिकारी

ढाका — साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह 'ए' को दोस्रो खेल नेपालले भुटानलाई ४-० ले हराएकाे छ । नेपालले खेलको पहिलाे हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्दै जित हासिल गरेकाे हाे ।

साफ च्याम्पियनसिपः नेपाल भुटानसँग ४-० ले विजयी

सुनील बलको कर्नरमा अनन्त तामाङले २१ औं मिनेटमा गोल गरेका थिए भने ७० औं मिनेटमा सुनील बलले गोल गरेका थिए । यस्तै सब्सिच्युट खेलाडी भरत खवासले ७९ औं र निराजन खड्काले ८८ औं मिनेटमा गोल गरे । कप्तान विराज महर्जन दाेस्राे हाफमा मैदान प्रवेश गर्दै नेपालका लागि सर्वाधिक ६९ अाै‌ खेलमा सहभागिता जनाए ।

नेपालले पहिलो खेल पाकिस्तानसँग २-१ ले हारेको थियो । अाजै हुने समूहकाे अर्को खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन् ।

खेलअघि नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भुटान विरुद्ध नेपालको मनोबल उच्च रहेको बताएका थिए ।

नेपालका लागि नियमित कप्तान विराज महर्जनको स्थानमा टिमको नेतृत्व किरण लिम्बूले गर्दैछन् । किरणले नेपालको नेतृत्व गर्न लागेको यो पहिलो खेल हो ।


नेपालले लाइनअपमा केही परिवर्तन गरेको छ । विराज महर्जन, नवयुग श्रेष्ठ र भरत अवासलाई बेन्चमा राखेको छ । उनीहरुको स्थानमा विशाल राई, दिनेश राजवंशी र सुनील बलले मौका पाएका छन् ।

नेपालको लाइनअप

१.अनन्त तामाङ

२.आदित्य चौधरी

३.विशाल राई
४.सुनील बल

५.बिमल घर्तीमगर

६.अन्जन विष्ट

७.सुजल श्रेष्ठ

८.किरण लिम्बू (कप्तान/गोलकिपर)

९.दिनेश राजवंशी

१०.रोहित चन्द

११.सुमन अर्याल



प्रकाशित : भाद्र २१, २०७५ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?