साफ च्याम्पियनसिपः नेपालको सेमिफाइनल पुग्ने सम्भावना जिवितै

भुटानलाई ४-० ले हरायो
हिमेश, कञ्चन अधिकारी

बंगलादेश (ढाका) — साफ च्याम्पियनसिप २०१८ को दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको छ । भुटानी फुटबलको स्तर माथि बढेको सोचबीच भएको खेलमा नेपाल पूर्णत हाबी रह्यो । यस जितले नेपालको सेमिफाइनल पुग्ने सम्भावना फेरि जिवित भएको छ ।

तस्बिर सौजन्यः विवेक सुवेदी

नेपालले भुटानलाई हराएको यो लगातार तेह्रौंपटक हो । नेपालले अहिलेसम्म भुटानको हातबाट हार अथवा बराबरी दुवै व्यहोर्न परेको छैन । जित पछि आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टिम सेमिफाइनल पुग्ने दाबी गरे ।

Yamaha

उनले भने, 'आजको खेलमा प्राप्त जितमा हामी खुशी छौं । आज हामी खेल अगाडि जुन योजना बनाएका थियौं, त्यो सबै मैदानमा पुरा गर्न सफल भयौं । '

अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशो सामाना गर्दै छ । बंगलादेश टिमबारे बोल्दै प्रशिक्षक महर्जनले बंगलादेशलाई नेपालले यसअघि पनि हराइसकेको हुँदा यसपल्ट पनि पराजित गर्ने सम्भावना रहेको बताए ।

यस्तै भुटानी प्रशिक्षक ट्रेभर मोर्गनले नेपालले निकै राम्रो खेलेको बताउँदै भुटानले एकपछि अर्को भुल गरेको स्विकारे । उनले भने ,'हाम्रा खेलाडी नेपाली टिम अगाडि फिक्का देखिए । हामीले यत्तिको स्तरको टिमसँग लगातार खेल्नुपर्ने हुन्छ ।'

नेपालका लागि सर्वाधिक ६९ क्याप जितेका कप्तान विराज महर्जनले त्यस उपलधब्धिमा ठूलो गर्भ रहेको बताए । उनले भने, 'यस्तो उपलब्धिमा खुही नहुने को हुन्छ ? । तर मेरा लागि टिमले जित्नु नै सबैभन्दा ठूलो हो र यो जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जिवन्त भएकोमा म पनि खुशी छु ।'

यस्तै पुरा खेलमा छाएका सुनील बलले आफूले मौका पाएको र त्यसलाई सदुपयोग गरेको बताए । उनले भने, 'आज मैले नेपालका लागि पहिलो गोल गर्ने अवसर पनि पाएँ त्यको लागि म निकै खुशी छु आउने दिनमा यस्तै अवसर पाए अझ राम्रो खेल्ने छु ।'

उनले भुटान विरुद्ध १ गोलसँगै अरु दुई गोलमा सहयोगी भूमिका पनि निभाए ।

Esewa Pasal

प्रकाशित : भाद्र २१, २०७५ १८:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मलेसियामा कामदारको पारिश्रमिक वृद्धि,आगामी जनवरीदेखि लागू हुने

कान्तिपुर संवाददाता

क्वालालम्पुर — मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ । 

यो निर्णय पूर्ण रुपमा लागू भएमा आगामी वर्षदेखि यहाँ कार्यरत नेपाली कामदारले न्यूनतम मासिक पारिश्रमिक १०५० रिंगिट पाउनेछन् ।

यहाँका सेवा, निर्माण, उत्पादन, कृषि, सुरक्षा लगायत विभिन्न रोजगारी क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत छन् ।

हाल मलेसिया प्रायद्वीपमा न्यूनतम पारिश्रमिक मासिक १ हजार रिंगिट छ भने सावाह र सारावक क्षेत्रमा काम गर्नेहरुका लागि ९२० रिंगिट कायम छ ।

वर्तमान सरकारको गठबन्धन पाकातन हरापनले गत मे ९ को १४ औं आमनिर्वाचनको आफ्नो चुनावी प्रतिवद्धतापत्रमै निजी क्षेत्रमा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरी १५ सय रिंगिट पुर्‍याइने उल्लेख गरिएको थियो । तर उक्त प्रतिवद्धतापत्रमा उल्लेख गरिएभन्दा निकै कम रकममात्र वृद्धि गरिएको हो ।

विदेशी कामदारहरुको व्यवस्थापन गर्न कतिपय श्रमसम्बन्धी नीतिहरु परिवर्तन गर्ने बताउँदै आएको मलेसियामा विदेशी कामदारको लेभी रकम उनीहरु कार्यरत रोजगारदाताले नै तिर्नुपर्ने नीतिगत प्रावधान छ ।

हालै वृद्धि गरिएको नयाँ न्यूनतम पारिश्रमिक १५ लाख कामदारहरुका लागि निकै कम भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित : भाद्र २१, २०७५ १८:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT