कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

साफ च्याम्पियनसिपः नेपालको सेमिफाइनल पुग्ने सम्भावना जिवितै

भुटानलाई ४-० ले हरायो
हिमेश, कञ्चन अधिकारी

बंगलादेश (ढाका) — साफ च्याम्पियनसिप २०१८ को दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको छ । भुटानी फुटबलको स्तर माथि बढेको सोचबीच भएको खेलमा नेपाल पूर्णत हाबी रह्यो । यस जितले नेपालको सेमिफाइनल पुग्ने सम्भावना फेरि जिवित भएको छ ।

साफ च्याम्पियनसिपः नेपालको सेमिफाइनल पुग्ने सम्भावना जिवितै

नेपालले भुटानलाई हराएको यो लगातार तेह्रौंपटक हो । नेपालले अहिलेसम्म भुटानको हातबाट हार अथवा बराबरी दुवै व्यहोर्न परेको छैन । जित पछि आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टिम सेमिफाइनल पुग्ने दाबी गरे ।

उनले भने, 'आजको खेलमा प्राप्त जितमा हामी खुशी छौं । आज हामी खेल अगाडि जुन योजना बनाएका थियौं, त्यो सबै मैदानमा पुरा गर्न सफल भयौं । '


अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशो सामाना गर्दै छ । बंगलादेश टिमबारे बोल्दै प्रशिक्षक महर्जनले बंगलादेशलाई नेपालले यसअघि पनि हराइसकेको हुँदा यसपल्ट पनि पराजित गर्ने सम्भावना रहेको बताए ।


यस्तै भुटानी प्रशिक्षक ट्रेभर मोर्गनले नेपालले निकै राम्रो खेलेको बताउँदै भुटानले एकपछि अर्को भुल गरेको स्विकारे । उनले भने ,'हाम्रा खेलाडी नेपाली टिम अगाडि फिक्का देखिए । हामीले यत्तिको स्तरको टिमसँग लगातार खेल्नुपर्ने हुन्छ ।'


नेपालका लागि सर्वाधिक ६९ क्याप जितेका कप्तान विराज महर्जनले त्यस उपलधब्धिमा ठूलो गर्भ रहेको बताए । उनले भने, 'यस्तो उपलब्धिमा खुही नहुने को हुन्छ ? । तर मेरा लागि टिमले जित्नु नै सबैभन्दा ठूलो हो र यो जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जिवन्त भएकोमा म पनि खुशी छु ।'


यस्तै पुरा खेलमा छाएका सुनील बलले आफूले मौका पाएको र त्यसलाई सदुपयोग गरेको बताए । उनले भने, 'आज मैले नेपालका लागि पहिलो गोल गर्ने अवसर पनि पाएँ त्यको लागि म निकै खुशी छु आउने दिनमा यस्तै अवसर पाए अझ राम्रो खेल्ने छु ।'


उनले भुटान विरुद्ध १ गोलसँगै अरु दुई गोलमा सहयोगी भूमिका पनि निभाए ।

प्रकाशित : भाद्र २१, २०७५ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?