क्रिकेट टोली स्वदेश फिर्ता

रासस/याेन्हाप

काठमाडौँ — मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर शुक्रबार नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । 


एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो। नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो।

Yamaha


नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र हङकङसँग पराजित भएको थियो।

छनोट प्रतियोगिता यही भदौ १३ देखि २१ गतेसम्म सञ्चालन भएको थियो।

उक्त प्रतियोगितामा ६ राष्ट्र सहभागी थिए। हङकङ एशिया कपका लागि छनोट भएको छ।

फाइनल खेलमा हङकङ युएइलाई दुई विकेटले पराजित गर्दै एशिया कपका लागि छानिएको हो।

एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुँदैछ। एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान जस्ता टेस्ट राष्ट्रको सहभागिता रहनेछ।

तस्बिरः हेमन्त श्रेष्ठ / कान्तिपुर

Esewa Pasal

प्रकाशित : भाद्र २२, २०७५ १४:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एकीकृत सम्पत्ति कर खारेज गर्न माग

रासस/याेन्हाप

भक्तपुर — नेपाली कांग्रेस भक्तपुरले बुधबार एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै सूर्यविनायक नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । 


नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाएको र अन्य विषयगत कर लगाएर जनतालाई असर परेको भन्दै कांग्रेस जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा र्यालीसहित गएको टोलीले नगर प्रमुख वासुदेव थापालाई ज्ञापन पत्र बुझाएको हो।

नगरपालिकाले दोहोरो कर लगाएको भन्दै एकीकृत सम्पत्ति कर खारेज गरे सबै समस्या समाधान हुने सभापति थापाले बताए।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख थापाले नगरपालिका सबैको साझा संस्था भएको बताउँदै जनतालाई मार पर्ने गरी कर वृद्धि भएको भए कांग्रेसको पाँच जनाको प्रतिनिधि र नगरपालिकाबाट पाँचजना प्रतिनिधि बसेर छलफल गरी संशोधन गर्न तयार रहेको बताए।

प्रकाशित : भाद्र २०, २०७५ १७:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT