कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आशिफको कप्तानीमा यू–१९ टोली

काठमाडौँ — भारतमा हुने चार टिम सम्मिलित यू–१९ क्रिकेट प्रतियोगिताका लागि आशिफ शेखको कप्तानीमा नेपालले शुक्रबार १५ सदस्यीय टोलीको घोषणा गरेको छ । यसअघि कोलकाताको इडेन गार्डेन र अर्को खेल स्थलमा हुने भनिएको प्रतियोगिता लखनउमा हुनेछ । त्यसका लागि नेपाली टोली सोमबार भारत लाग्नेछ ।

आशिफको कप्तानीमा यू–१९ टोली

छनोट भएका खेलाडीहरूमा आशिफ बाहेक तृतराज दास, विपिन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, रशिद खान, भिम शार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद शम्साद अलाम छन् ।


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतिनिधि अमिनुल इस्लाम नेतृत्वमा नेपाली यू–१९ का मुख्य प्रशिक्षक विनोद दास, सुनोज भट्टराई, राजु खड्का सम्मिलित छनोट समितिले खेलाडी छनोट गरेको हो ।


नेपालले चार टिम सम्मिलित प्रतियोगितामा भारत, भारत ‘ए’ र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित : भाद्र २२, २०७५ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?