साफ च्याम्पियनसिपः समूह 'ए' को अन्तिम खेल सबैलाई जित्नै पर्ने दबाब

हिमेश, कञ्चन अधिकारी

बंगलादेश ढाका — साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' को अन्तिम खेल शनिबार हुँदै छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा आज अपरान्ह भुटान विरुद्ध पाकिस्तान र राति नेपाल विरुद्ध बंगलादेशबीच खेल हुँदै छ ।

साफ च्याम्पियनसिपः समूह 'ए' को अन्तिम खेल सबैलाई जित्नै पर्ने दबाब



समूह 'ए' मा रहेका चारै देशको सेमिफाइनल यात्राको सम्भावना कायमै रहेको छ। बाहिरिने सम्भावना पनि उस्तै रहेको छ । सबै टिमलाई जित्नै पर्ने दबाब छ । तर भुटानले भने पाकिस्तानलाई फराकिलो गोल अन्तरले पराजित गर्नुपर्ने छ ।


यदि पहिलो खेलमा पाकिस्तान विजयी रहे नेपाललाई बंगलादेशसँगको खेल जित्नै पर्ने हुन्छ । भुटान जितेमा नेपाललाई बराबरी पर्याप्त हुनेछ । त्यसै स्थितमा नेपाल बंगलादेशसँग हारेमा पनि सेमिफाइनल पुग्न सक्छ । पाकिस्तान र भुटानबीच बराबरीको स्थितमा पनि नेपालका लागि बराबरी नै पर्याप्त हुन सक्छ ।


आजको खेल


भुटान विरुद्ध पाकिस्तान

३:४५ (नेपाली समय)

नेपाल विरुद्ध बंगलादेश

६:४५ (नेपाली समय)

प्रकाशित : भाद्र २३, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?