कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साफ च्याम्पियनसिपः पाकिस्तानको गोलले नेपाललाई तनाव, बंगलादेशलाई हराउनै पर्ने

पाकिस्तानलाई पहिलो हाफमा २-० को अग्रता

बंगलादेश — साफ च्याम्पियनसिप २०१८ को समूह ए को लिग चरणको अन्तिम खेलमा भुटान विरुद्ध पाकिस्तानले अग्रता लिएको छ । पाकिस्तानले खेलको २० र २९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता लिएको हो ।

साफ च्याम्पियनसिपः पाकिस्तानको गोलले नेपाललाई तनाव, बंगलादेशलाई हराउनै पर्ने

पाकिस्तानका महोम्मद रियाज र हसन बासिरले गोल गरेका थिए ।

ढाकाको बंगबन्धु रंगशालामा शानिबार दिउँसो भएको खेलमा पाकिस्तानले गोल गर्दा त्यसको असर नेपाललाई समेत परेको छ । नेपालले अब आजै राति हुने खेलमा बंगलादेशलाई हराउनै पर्ने बाध्यता रहेको छ ।

अहिलेकै अवस्थामा नेपालले बंगलादेशलाई हराए पनि पुग्छ । तर दोस्रो हाफमा पाकिस्तानले थप गोल गरेमा नेपालले पनि बंगलादेशलाई धेरै गोल अन्तरले जित्न पर्ने दबाब पर्ने छ ।

यसअघिको खेलमा उत्रेका पाँच पहिलो रोजाइका खेलाडी आज मैदानमा उत्रिएका छैनन् ।

दोस्रो खेल आज नेपाली समयअनुसार पौने ७ बजे हुँदै छ ।

प्रकाशित : भाद्र २३, २०७५ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?