कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

साफ च्याम्पियनसिपः पाकिस्तान विजयी, नेपाललाई जित्नै पर्ने, भुटान बाहिरियो

हिमेश, कञ्चन अधिकारी

बंगलादेश — साफ च्याम्पियनसिप २०१८ को समूह ए को लिग चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानले भुटानलाई ३-० हराएको छ  । पाकिस्तानको यो जितपछि नेपालले सेमिफाइनल प्रवेशका लागि बंगलादेशलाई हराउनै पर्ने भएको छ  । जितपछि पाकिस्तानको ३ खेलबाट ६ अंक भएको छ ।

साफ च्याम्पियनसिपः पाकिस्तान विजयी, नेपाललाई जित्नै पर्ने, भुटान बाहिरियो

पाकिस्तानी खेलाडी मोहम्मद रियाजले २०, हसिन बसरले २९ र फहिम अहमदले ९१ औं मिनेटमा गोल गरेका थिए ।

बंगलादेश पनि २ खेलबाट ६ अंक बटुलेको छ । नेपालको भने ३ अंक मात्रै छ । लगातार तेस्रो हार पछि भुटान प्रतियोगिताबाट बाहिरिएको छ ।

पाकिस्तानले आजका जितका बाबजुद सेमिफाइनल प्रवेश तय भइसकेको छैन । समूह चरणको अन्तिम खेल कुर्नु पर्ने हुन्छ ।

ढाकाको बंगबन्धु रंगशालामा शानिबार दिउँसो भएको खेलमा पाकिस्तानले खेलको २० र २९ मिनेटमा गोल गर्दै टिमलाई जित दिलायो ।

प्रकाशित : भाद्र २३, २०७५ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?