साफ च्याम्पियनसिपः पाकिस्तान विजयी, नेपाललाई जित्नै पर्ने, भुटान बाहिरियो

हिमेश, कञ्चन अधिकारी

बंगलादेश — साफ च्याम्पियनसिप २०१८ को समूह ए को लिग चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानले भुटानलाई ३-० हराएको छ  । पाकिस्तानको यो जितपछि नेपालले सेमिफाइनल प्रवेशका लागि बंगलादेशलाई हराउनै पर्ने भएको छ  । जितपछि पाकिस्तानको ३ खेलबाट ६ अंक भएको छ ।

पाकिस्तानी खेलाडी मोहम्मद रियाजले २०, हसिन बसरले २९ र फहिम अहमदले ९१ औं मिनेटमा गोल गरेका थिए।

बंगलादेश पनि २ खेलबाट ६ अंक बटुलेको छ। नेपालको भने ३ अंक मात्रै छ। लगातार तेस्रो हार पछि भुटान प्रतियोगिताबाट बाहिरिएको छ।

पाकिस्तानले आजका जितका बाबजुद सेमिफाइनल प्रवेश तय भइसकेको छैन। समूह चरणको अन्तिम खेल कुर्नु पर्ने हुन्छ।

ढाकाको बंगबन्धु रंगशालामा शानिबार दिउँसो भएको खेलमा पाकिस्तानले खेलको २० र २९ मिनेटमा गोल गर्दै टिमलाई जित दिलायो।

Yamaha

प्रकाशित : भाद्र २३, २०७५ १७:४०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

साफ च्याम्पियनसिपः समूह 'ए' को अन्तिम खेल सबैलाई जित्नै पर्ने दबाब

हिमेश, कञ्चन अधिकारी

बंगलादेश ढाका — साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' को अन्तिम खेल शनिबार हुँदै छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा आज अपरान्ह भुटान विरुद्ध पाकिस्तान र राति नेपाल विरुद्ध बंगलादेशबीच खेल हुँदै छ ।



समूह 'ए' मा रहेका चारै देशको सेमिफाइनल यात्राको सम्भावना कायमै रहेको छ। बाहिरिने सम्भावना पनि उस्तै रहेको छ। सबै टिमलाई जित्नै पर्ने दबाब छ। तर भुटानले भने पाकिस्तानलाई फराकिलो गोल अन्तरले पराजित गर्नुपर्ने छ।

यदि पहिलो खेलमा पाकिस्तान विजयी रहे नेपाललाई बंगलादेशसँगको खेल जित्नै पर्ने हुन्छ। भुटान जितेमा नेपाललाई बराबरी पर्याप्त हुनेछ। त्यसै स्थितमा नेपाल बंगलादेशसँग हारेमा पनि सेमिफाइनल पुग्न सक्छ। पाकिस्तान र भुटानबीच बराबरीको स्थितमा पनि नेपालका लागि बराबरी नै पर्याप्त हुन सक्छ।

आजको खेल

भुटान विरुद्ध पाकिस्तान
३:४५ (नेपाली समय)
नेपाल विरुद्ध बंगलादेश
६:४५ (नेपाली समय)

प्रकाशित : भाद्र २३, २०७५ ११:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT