साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश, बंगलादेश २-० गोल अन्तरले पराजित

कञ्चन अधिकारी

बंगलादेश (ढाका) — साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' अन्तर्गतको लिगको अन्तिम खेलमा बंगलादेशलाई २-० गोल अन्तरले हराएर समुह विजेता हुँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ ।

नेपालका लागि विमल घर्ती मगर र नवयुग श्रेष्ठले गोल गरेका थिए। बिमलले ३३ मिनेटमा र नवयुगले ८९ औं मिनेटमा गोल गरेर नेपाली टोलीलाई जित दिलाएका थिए ।

Yamaha

नेपालले सेमिफाइनल यात्राको लागि नेपाललाई जित्नै पर्ने आवश्यकता थियो। पाकिस्तानले आजै भएको खेलमा भुटानलाई ३-० ले हराएपछि नेपाललाई जित्नै पर्ने दबाब परेको थियो।

नेपालसँगै पाकिस्तानले पनि सेमिफाइनलको यात्रा तय गरेको छ भने आयोजक राष्ट्र बंगलादेश र भुटान बाहिरिएका छन्।

नेपालको लाइन अप : किरण लिम्बू, सुमन अर्याल, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, सुनिल बल, निराजन खड्का, रोहित चन्द, भरत खवास, विमल घर्तिमगर।

प्रकाशित : भाद्र २३, २०७५ १८:२४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हेलिकप्टर दुर्घटनामा बाँचेकी डोल्मालाई मेडिसिटी ल्याइयो

कान्तिपुर संवाददाता

काठमाडौँ — नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकप्टरमा सवार एकमात्र जिवित महिला आनी डोल्मा उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ ।

दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकप्टरमा सवार एकमात्र जिवित महिला आनी डोल्मा उद्धार गरिँदै । तस्बिर सौजन्य : निमा तेन्जिङ शेर्पा

हेलिकप्टरमा सवार ६ जनाको मृत्यु भएको छ भने उनी एकजना मात्रै बाँच्न सफल भएकी हुन्।

आनीलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको हो।

मेडिसिटी अस्पतालका चिकित्सकसहितको टोली उद्धारका लागि दुर्घटनास्थल गएको थियो।

गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको हो।

प्रकाशित : भाद्र २३, २०७५ १८:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT