कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

साफ च्याम्पियनसिपः भारत र माल्दिभ्स सेमिफाइनलमा

बंगलादेश — साफ च्याम्पियनसिप २०१८ अन्तर्गत आइतबार समूह 'बी' को लिग चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २-० ले हराएको छ । भारतले खेलको ३६ र ४४ औं मिनेटमा गोल गर्दै माल्दभ्सलाई २-० ले हरायो । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा भारतले २ खेलमा दुवै जित निकाल्दै समूह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

साफ च्याम्पियनसिपः भारत र माल्दिभ्स सेमिफाइनलमा

यसैगरी माल्दिभ्स र श्रीलंकाबीच अंक बराबरी भएपछि टस गरेर उपविजेता छनौट गरिएको थियो । टस जित्दै माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेको हो ।


अब नेपालले बुधबार हुने पहिलो सेमिफाइनलमा माल्दिभ्सको सामना गर्ने छ भने भारतले पाकिस्तानसाग प्रतिस्पर्धा गर्ने छ ।


प्रकाशित : भाद्र २४, २०७५ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?