खेलकुद
भाद्र २५, २०७५

सन्दीप अफगान प्रिमियर लिगमा

नेपाली युवा स्टार सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा खेल्ने भएका छन् । सोमबार यूएईको दुबईमा भएको ड्राफ्टमा सन्दीपलाई ५ मध्ये एक फ्रेन्चाइज टोली नान्गरहरले एसोसिएट खेलाडीका रूपमा लिएको थियो । 

प्रधानसेनापति कप सुरु

इन्डोनेसियामा अघिल्लो साता सम्पन्न १८ औं एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाएका सोमबहादुर कुमालले आफ्नो लयलाई निरन्तरता दिएका छन् । उनले सोमबार सुरु प्रधानसेनापति ट्रफी २०७५ खेलकुदमा एथलेटिक्सको ८ सय मिटर दौड जितेका छन् ।

ओसाकालाई पहिलो ग्रान्डस्लाम

जापानकी नाओमी ओसाका अमेरिकी सेरेना विलियम्सलाई यूएस ओपन टेनिसको फाइनलमा सोझो सेटबाट पराजित गर्दै ग्रान्डस्लाम उपाधि जित्ने पहिलो जापानी खेलाडी बनेकी छन् ।

नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स

फुटबललाई त्यसै निर्दयी खेल भनिएको होइन । यो वास्तवमै कति निर्दयी छ, श्रीलंकालाई सोधे हुन्छ । अनि फुटबल कसैका लागि भाग्यमानी पनि हुनसक्छ । फुटबलले कसरी भाग्यको ढोका खोल्छ, यो भने माल्दिभ्सभन्दा अरू कसलाई अनुभव होला त ?

सैयदलाई स्वर्ण

यूडब्लूसी इस्टका सैयद हमजा शाह पुरुषतर्फ आठौं एनएसए कप खुला तथा उमेर समूह पौडीको २०० मिटर फ्रिस्टायलमा स्वर्ण पदक जितेका छन् । सैयदले उक्त दूरी २ मिनेट १०.५० सेकेन्डमा पूरा गरे ।

भाद्र २४, २०७५
ADVERTISEMENT

साफ च्याम्पियनसिपः भारत र माल्दिभ्स सेमिफाइनलमा

साफ च्याम्पियनसिप २०१८ अन्तर्गत आइतबार समूह 'बी' को लिग चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २-० ले हराएको छ । भारतले खेलको ३६ र ४४ औं मिनेटमा गोल गर्दै माल्दभ्सलाई २-० ले हरायो । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा भारतले २ खेलमा दुवै जित निकाल्दै समूह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

'नेपाल सेमिफाइनल प्रवेश गर्नु ठूलो उपलब्धि'

साफ च्याम्पियनसिप नेपालले खेल्ने सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो र महत्त्वको हिसाबले यसलाई विश्वकप मान्ने हो भने नेपाली राष्ट्रिय टिमले शनिबार बंगबन्धु रंगशालामा नयाँ इतिहास रच्यो ।

जोकोभिच र डेल पोट्रो फाइनलमा

डिफेन्डिङ च्याम्पियन तथा विश्व नम्बर एक राफेल नडालले घुँडाको चोटका कारण सेमिफाइनल खेल बीचमै छाडेपछि अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोट्रो शुक्रबार यूएस ओपन टेनिसको फाइनल पुगेका छन् । उनले उपाधि भिडन्तमा सर्बियाली नोभाक जोकोभिचको सामना गर्नेछन् ।

बिसन भए मिस्टर काठमाडौं

कान्तिपुर फिटनेसका बिसन गुरुङले शनिबार तेस्रो जिल्लाव्यापी मिस्टर काठमाडौं शारीरिक सुगठनको उपाधि जितेका छन् । काठमाडौं जिल्ला बडिबिल्डिङ एन्ड फिटनेसको आयोजनामा भएको प्रतियोगितामा बिसनले एक लाख नगद, ब्यालेट र ट्रफी प्राप्त गरे ।

भाद्र २३, २०७५

तस्बिरमा हेरौं बंगलादेश विरुद्ध नेपालले जितेको खेल

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २-० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह 'ए' को बिजेता पनि बन्यो ।

ADVERTISEMENT
ADVERTISEMENT

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २-० ले हराउँदै नेपालले  सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह 'ए' को बिजेता पनि बन्यो ।

साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश, बंगलादेश २-० गोल अन्तरले पराजित

साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' अन्तर्गतको लिगको अन्तिम खेलमा बंगलादेशलाई २-० गोल अन्तरले हराएर समुह विजेता हुँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ ।

साफ च्याम्पियनसिपः पाकिस्तान विजयी, नेपाललाई जित्नै पर्ने, भुटान बाहिरियो

साफ च्याम्पियनसिप २०१८ को समूह ए को लिग चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानले भुटानलाई ३-० हराएको छ  । पाकिस्तानको यो जितपछि नेपालले सेमिफाइनल प्रवेशका लागि बंगलादेशलाई हराउनै पर्ने भएको छ  । जितपछि पाकिस्तानको ३ खेलबाट ६ अंक भएको छ ।

साफ च्याम्पियनसिपः पाकिस्तानको गोलले नेपाललाई तनाव, बंगलादेशलाई हराउनै पर्ने

साफ च्याम्पियनसिप २०१८ को समूह ए को लिग चरणको अन्तिम खेलमा भुटान विरुद्ध पाकिस्तानले अग्रता लिएको छ । पाकिस्तानले खेलको २० र २९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता लिएको हो ।

साफ च्याम्पियनसिपः समूह 'ए' को अन्तिम खेल सबैलाई जित्नै पर्ने दबाब

साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' को अन्तिम खेल शनिबार हुँदै छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा आज अपरान्ह भुटान विरुद्ध पाकिस्तान र राति नेपाल विरुद्ध बंगलादेशबीच खेल हुँदै छ ।

ADVERTISEMENT

साफ च्याम्पियनसिपः अन्योल र अनिश्चितताको रोमाञ्च

फुटबलमा न त जितको उन्मादले काम गर्छ, न हारको निरासाले । साफ च्याम्पियनसिप २०१८ को समूह ‘ए’ मा दुई खेल जितेर न त बंगलादेश ढुक्क हुन सकेको छ । न दुई खेल हारेको भुटानले चाँडै घर फर्कने मनसाय बनाएको छ । यही हो, फुटबलको रोमाञ्च ।

‘नेपाली क्रिकेटको पोस्टमार्टम जरुरी’

नेपालले मलेसियामा बिहीबार सम्पन्न एसिया कप छनोट प्रतियोगितामा निकै निराशाजनक प्रदर्शन गर्‍यो । उपाधि दाबेदारको हिसाबमा मलेसिया भ्रमण गरेको नेपाल ६ राष्ट्रसम्मिलित प्रतियोगितामा चौथो भयो ।