सैयदलाई स्वर्ण

काठमाडौँ — यूडब्लूसी इस्टका सैयद हमजा शाह पुरुषतर्फ आठौं एनएसए कप खुला तथा उमेर समूह पौडीको २०० मिटर फ्रिस्टायलमा स्वर्ण पदक जितेका छन् । सैयदले उक्त दूरी २ मिनेट १०.५० सेकेन्डमा पूरा गरे ।

सैयदलाई स्वर्ण

युलेन्सका अनुभव सुब्बा दोस्रो र लिंकनका नासिर हुसेन तेस्रो भए । महिलातर्फ खेलाडी संख्या नपुगेका कारण एपीएफकी डुवाना लामाको टाइम ट्रायलमात्र लिइएको थियो ।

उनले उक्त दूरी २ मिनेट २३.७३ सेकेन्डमा पूरा गरिन् ।

चीनको हाङझाउमा हुने १४ औं फिना विश्व च्याम्पियनसिपका लागि छनोटसमेत रहेको प्रतियोगितामा १०० मिटर ब्याकस्ट्रोकमा लिंकन स्कुलका आदित्य सूर्याले स्वर्ण हात पारे । लिंकनकै नासिर हुसेनले रजत र सेनाका दिलीप थापा मगरले कांस्य जिते । महिलातर्फ एपीएफकी डुवाना लामाले स्वर्ण, लिंकनकी आयुष्मा तुलाधरले रजत र निसर्गकी समिरा शोभा थापाले कांस्य जिते ।

१०० मिटर बटरफ्लाईतर्फ युलेन्सका अनुभव सुब्बाले स्वर्ण हात पार्दा यूडब्लूसीका सैयद शाहले रजत रलिंकनका नासिर हुसैनले कांस्य जिते । महिला तर्फ एपिएफकी डुवाना लामाले स्वर्ण र निसर्गकी समिरा शोभा थापा रजत जिते ।

२५ मिटरको इमाडोल पौडी पोखरीमा भएको प्रतियोगिताको ५० मिटर ब्रेस्ट स्ट्रोकतर्फ एपीएफका शुभम श्रेष्ठले ३१.३७ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण हात पारे । यूडब्लूसी इस्टका सैयद हमजाले रजत र डीएभी स्कुलका वैदज्ञराज जोशीले कांस्य पाए ।

महिलातर्फ एपिएफकी डुवानाले ३७.६३ सेकेन्डसाथ स्वर्ण, प्रिमियरकी उपास्ती महर्जनले रजत र लिंकनकी टिशा शाक्यले कांस्य जिते ।

प्रकाशित : भाद्र २५, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?