कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

एपीएफ र न्यु डायमन्ड भिड्ने

लेखनाथ — डिफेन्डिङ च्याम्पियन एपीएफ र साबिक उपविजेता न्यु डायमन्ड एकेडेमी नै तीज राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

एपीएफ र न्यु डायमन्ड भिड्ने

लामाचौरको तीज मेलाका अवसरमा भइरहेको प्रतियोगितामा मंगलबार सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मीलाई हराएको हो भने न्यु डायमन्डले चितवन टाइगर्समाथि जित पायो । न्यु डायमन्डले २५–१७, २५–२३, २५–१८ को सोझो सेटमा जित पाउँदै फाइनल पक्का गर्‍यो ।


दोस्रो सेमिफाइनलमा एपीएफले आर्मीलाई २५–२२, २५–२०, २५–२१ को सोझो सेटमा हरायो । फाइनल बुधबार हुनेछ ।


यसअघि दुईटा लिग चरणका खेल भए । न्यु डायमन्डले आर्मीलाई २५–१४, २५–१९, २५–१९ को सेटमा पन्छाउँदा आर्मीले टप्स माविलाई २५–२१, २५–१९, २५–१० को सोझो सेटमा हराएको थियो । तेस्रो स्थानमा बुधबारै चितवन टाइगर्स र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।


आयोजक नवआदर्श सामुदायिक विकास समाजका अनुसार विजेताले १ लाख र उपविजेताले ६५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : भाद्र २७, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?