कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साफ च्याम्पियनसिप : नेपाल माल्दिभ्ससँग ३-० ले पछाडि [अपडेट]

माल्दिभ्स १-० ले अगाडि
हिमेश, कञ्चन अधिकारी

ढाका — साफ च्याम्पियनसिप २०१८ को सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीचको पहिलो हाफमा माल्दिभ्स १-० ले अगाडि रहेको छ । बुधबार अपरान्ह नेापली समयअनुसार ३ बजेर ४५ मिनेटमा ढाकाको बंगबन्धु रंगशालमा सुरु भएको खेलमा माल्दिभ्सले ९ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो भने ८३ र ८६ औं मिनेटमा इब्राहिम हसनले २ गोल गरे ।

साफ च्याम्पियनसिप : नेपाल माल्दिभ्ससँग ३-० ले पछाडि [अपडेट]

खेलको २७ औं मिनेटमा पानीसागै चट्याङ परेपछि केहीसमयलाई खेल रोकिएको थियो । पानी र चट्याङ रोकिएपछि स्थानीय समयअनुसार ५ बजे खेल सुरु भएको थियो ।

नेपालले गोल गर्ने केही मौका पाएपनि बलले सही दिशा लिन सकेन । खेलको ३० औं मिनेटपछि नेपालले खेल आफ्नो पक्षमा पारे पनि गोल भने गर्न सकेन ।

नेपालले फुटबलमा सेमिफाइनल खेल्न लागेको यो चौथोपटक हो। सार्क गोल्डकपसहित यो पाँचौं सेमिफाइनल हुनेछ। तर अहिलेसम्म नेपाल फाइनलमा पुग्न सकेको छैन।

नेपाल र माल्दिभ्स फुटबलको मैदानमा पुराना प्रतिद्वन्द्वी हुन्। सन् १९८४ मा भएको पहिलो खेल यता नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १५ खेल भएको छ। जसमा नेपाल ४ खेलमा विजयी रहेको छ। यस्तै ४ खेलमा बराबरी गरेको छ भने ७ खेलमा पराजित भएको छ। साफ च्याम्पियनसिपको इतिहासमा भने नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन।


साफ च्याम्पियनसिप प्रतियोगिताको ६ खेलमध्ये नेपालले २ बराबरी र ४ खेलमा हार व्यहोरेको छ।

नेपालको लाइन अप : किरण लिम्बू (गोलकिपर), सुमन अर्याल, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, सुनिल बल, निराजन खड्का, रोहित चन्द, भरत खवास (कप्तान), विमल घर्तिमगर ।


प्रकाशित : भाद्र २७, २०७५ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?