कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

साफ च्याम्पियनसिप : चौथोपटक पनि नेपाल सेमिफाइनलमै रोकियो

हिमेश, कञ्चन अधिकारी

ढाका — नेपाल साफ च्याम्पियनसिप २०१८ को फाइनल प्रवेश गर्न असफल भएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार अपरान्ह नेपाल र माल्दिभ्सबीच भएको खेलमा माल्दिभ्सले नेपाललाई ३-० ले हरायो । माल्दिभ्स फाइनलमा प्रवेश गरेको छ ।  

साफ च्याम्पियनसिप : चौथोपटक पनि नेपाल सेमिफाइनलमै रोकियो

बुधबारको खेलमा माल्दिभ्सले खेलको नवौं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । खेलको ८३ औं र ८६ औं मिनेटमा माल्दिभ्सका इब्राहिम हसनले दुई गवल गर्दै टिमलाई जित दिलाए ।


नेपालको रक्षात्मक पंक्ति बलियो नहुँदा लगातार दुई गोल खानु परेको थियो ।


अब माल्दिभ्सले आजै राति स्थानीय समयअनुसार साढे ७ बजे हुने भारत र पाकिस्तानबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।


यसअघि साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा तीनपटक रोक्किएको थियो । यो सहित अब नेपाल साफ च्याम्पियनसिपमा रोक्किएको चौथोपटक हुनेछ ।


नेपाल र माल्दिभ्स फुटबलको मैदानमा पुराना प्रतिद्वन्द्वी हुन्। सन् १९८४ मा भएको पहिलो खेल यता नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १५ खेल भइसकेको छ। जसमा नेपाल ४ खेलमा विजयी रहेको छ। यस्तै ४ खेलमा बराबरी गरेको छ भने ७ खेलमा पराजित भएको छ। साफ च्याम्पियनसिपको इतिहासमा भने नेपालले माल्दिभ्सलाई हराउन सकेको थिएन।


साफ च्याम्पियनसिप प्रतियोगिताको ६ खेलमध्ये नेपालले २ बराबरी र ४ खेलमा हार व्यहोरेको थियो ।

प्रकाशित : भाद्र २७, २०७५ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?