साफ च्याम्पियनसिप : चौथोपटक पनि नेपाल सेमिफाइनलमै रोकियो

हिमेश, कञ्चन अधिकारी

ढाका — नेपाल साफ च्याम्पियनसिप २०१८ को फाइनल प्रवेश गर्न असफल भएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार अपरान्ह नेपाल र माल्दिभ्सबीच भएको खेलमा माल्दिभ्सले नेपाललाई ३-० ले हरायो । माल्दिभ्स फाइनलमा प्रवेश गरेको छ ।  


बुधबारको खेलमा माल्दिभ्सले खेलको नवौं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। खेलको ८३ औं र ८६ औं मिनेटमा माल्दिभ्सका इब्राहिम हसनले दुई गवल गर्दै टिमलाई जित दिलाए।

Yamaha


नेपालको रक्षात्मक पंक्ति बलियो नहुँदा लगातार दुई गोल खानु परेको थियो।

अब माल्दिभ्सले आजै राति स्थानीय समयअनुसार साढे ७ बजे हुने भारत र पाकिस्तानबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ।

यसअघि साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा तीनपटक रोक्किएको थियो। यो सहित अब नेपाल साफ च्याम्पियनसिपमा रोक्किएको चौथोपटक हुनेछ।

नेपाल र माल्दिभ्स फुटबलको मैदानमा पुराना प्रतिद्वन्द्वी हुन्। सन् १९८४ मा भएको पहिलो खेल यता नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १५ खेल भइसकेको छ। जसमा नेपाल ४ खेलमा विजयी रहेको छ। यस्तै ४ खेलमा बराबरी गरेको छ भने ७ खेलमा पराजित भएको छ। साफ च्याम्पियनसिपको इतिहासमा भने नेपालले माल्दिभ्सलाई हराउन सकेको थिएन।

साफ च्याम्पियनसिप प्रतियोगिताको ६ खेलमध्ये नेपालले २ बराबरी र ४ खेलमा हार व्यहोरेको थियो।

Esewa Pasal

प्रकाशित : भाद्र २७, २०७५ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्

साफ च्याम्पियनसिप : नेपाल माल्दिभ्ससँग ३-० ले पछाडि [अपडेट]

माल्दिभ्स १-० ले अगाडि
हिमेश, कञ्चन अधिकारी

ढाका — साफ च्याम्पियनसिप २०१८ को सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीचको पहिलो हाफमा माल्दिभ्स १-० ले अगाडि रहेको छ । बुधबार अपरान्ह नेापली समयअनुसार ३ बजेर ४५ मिनेटमा ढाकाको बंगबन्धु रंगशालमा सुरु भएको खेलमा माल्दिभ्सले ९ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो भने ८३ र ८६ औं मिनेटमा इब्राहिम हसनले २ गोल गरे ।

खेलको २७ औं मिनेटमा पानीसागै चट्याङ परेपछि केहीसमयलाई खेल रोकिएको थियो। पानी र चट्याङ रोकिएपछि स्थानीय समयअनुसार ५ बजे खेल सुरु भएको थियो।

नेपालले गोल गर्ने केही मौका पाएपनि बलले सही दिशा लिन सकेन। खेलको ३० औं मिनेटपछि नेपालले खेल आफ्नो पक्षमा पारे पनि गोल भने गर्न सकेन।

नेपालले फुटबलमा सेमिफाइनल खेल्न लागेको यो चौथोपटक हो। सार्क गोल्डकपसहित यो पाँचौं सेमिफाइनल हुनेछ। तर अहिलेसम्म नेपाल फाइनलमा पुग्न सकेको छैन।

नेपाल र माल्दिभ्स फुटबलको मैदानमा पुराना प्रतिद्वन्द्वी हुन्। सन् १९८४ मा भएको पहिलो खेल यता नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १५ खेल भएको छ। जसमा नेपाल ४ खेलमा विजयी रहेको छ। यस्तै ४ खेलमा बराबरी गरेको छ भने ७ खेलमा पराजित भएको छ। साफ च्याम्पियनसिपको इतिहासमा भने नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन।
साफ च्याम्पियनसिप प्रतियोगिताको ६ खेलमध्ये नेपालले २ बराबरी र ४ खेलमा हार व्यहोरेको छ।

नेपालको लाइन अप : किरण लिम्बू (गोलकिपर), सुमन अर्याल, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, सुनिल बल, निराजन खड्का, रोहित चन्द, भरत खवास (कप्तान), विमल घर्तिमगर।

प्रकाशित : भाद्र २७, २०७५ १४:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT