कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुश्बुलाई एएफसीको अवार्ड

काठमाडौँ — एसियाली फुटबल महासंघ (एएफसी) ले सेल्टर नेपालकी अध्यक्ष खुश्बु ओलीलाई एएफसी ड्रिम अवार्ड २०१८ प्रदान गरेको छ ।

खुश्बुलाई एएफसीको अवार्ड

बुधबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा आयोजित एएफसीको सामाजिक उत्तरदायित्व सम्मेलनमा खुश्बुलाई उक्त अवार्ड प्रदान गरिएको हो । एएफसीले प्रत्येक वर्ष तीन विधाअन्तर्गत कर्पोरेट, नन–गभर्नमेन्ट अर्गनाइजेसन (एनजीओ) र व्यक्तिगततर्फ यो अवार्ड प्रदान गर्दै आएको छ । एएफपीले फुटबलसँगै समाजमा उदाहरणीय कार्य गरेका व्यक्ति र संंस्थालाई यो अवार्ड दिन गर्दछ ।


खुश्बुले व्यक्तिगत विधाअन्तर्गत अवार्ड पाएकी हुन् । अवार्डका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसीमा सिफारिस गरेको थियो । सडक बालबालिकाका लागि आश्रय दिँदै आएकी खुश्बुलाई एएफसीको सामाजिक उत्तरदायित्व कमिटीका अध्यक्ष अहमद इद एल हर्बीले अवार्ड प्रदान गरे । खुश्बुले अवार्डसँगै १० हजार अमेरिकी डलर प्राप्त गरेकी छन् ।


सेल्टर नेपालले सडक बालबालिकालाई फुटबलको माध्यमबाट विभिन्न कार्यक्रमसमेत जोडेको थियो । सेल्टरको व्यवस्थापनमा सडक बालबालिकाको फुटबल लिगसमेत भएको थियो । सेल्टरले सडक बालिकाकै फुटबल टिम बनाएर स्ट्रिट चाइल्ड वल्र्डकपमा समेत सहभागी गराएको थियो । जुन रुस विश्वकपका क्रममा रुसमै आयोजना भएको थियो ।


कर्पोरेटतर्फको अवार्ड जुरिच मलेसिया तथा वल्र्ड भिजन मलेसिया फाउन्डेसनले पायो भने एनजीओतर्फ इन्डोचाइना स्टारफिस फाउन्डेसन (आईएसएफ) अवार्ड जित्न सफल भयो ।

प्रकाशित : भाद्र २८, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?