कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपाधि रक्षामा भारत

ढाका — पछिल्लो संस्करणको उपाधि घरेलु मैदानमा जितेको भारतले साफ च्याम्पियनसिप उपाधि रक्षाका लागि माल्दिभ्सको सामना गर्ने भएको छ ।

उपाधि रक्षामा भारत

बुधबार दोस्रो सेमिफाइनलमा भारतले पाकिस्तानलाई ३–१ ले पराजित गर्दै फाइनलमा स्थान बनायो । भारतको जितमा मनवीर सिंहले दुई र सुमित पास्सीले एक गोल गरे ।


निकै प्रतिस्पर्धात्मक खेलमा भारतले दोस्रो हाफमा तीन गोल गरेको हो । पाकिस्तानले पनि पाएको अवसर सदुपयोग गर्न नसक्दा अग्रता लिन सकेन । टोलीका लागि हसान बसिरले गरेको गोल सान्त्वना बन्यो ।


खेलको अन्त्यतिर पाकिस्तानका मोहसेन अली र भारतका लाल छाङते रातो कार्ड खाँदै बाहिरिए । छाङतेले शनिबार हुने फाइनल गुमाउने छन् । भारतको ११ औं फाइनलयात्रा हो । भारतले सात पटक उपाधि जितेको छ । अर्को फाइनलिस्ट माल्दिभ्स पाँचौ पटक फाइनल पुगेको हो । सन् २००८ मा माल्दिभ्सले भारतलाई हराउँदै एकमात्र उपाधि जितेको थियो ।

प्रकाशित : भाद्र २८, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?