कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

इंग्ल्यान्डको सान

एएफपी

लन्डन — भारतविरुद्ध अन्तिम टेस्टको अन्तिम विकेट लिँदै जेम्स एन्डरसन टेस्ट क्रिकेट इतिहासमा सर्वाधिक विकेट लिने तीव्र गतिका बलर बनेका छन् ।

इंग्ल्यान्डको सान

मंगलबार ओभल मैदानमा उनको कीर्तिमानी विकेटसँगै इंग्ल्यान्डले भारतलाई १ सय १८ रनले पराजित गरेको थियो । एन्डरसनले अन्तिम विकेटका रूपमा मोहम्मद सामीलाई बोल्ड गरेसँगै इंग्ल्यान्डले सिरिज ४–१ ले आफ्नो पक्षमा पार्‍यो ।


इंग्ल्यान्डले प्रस्तुत गरेको ४ सय ६४ रनको विशाल योगफल पछयाउने क्रममा भारत ३ सय ४५ रनमा समेटियो । एकसमय २ रनको स्थितिमा ३ विकेट गुमाएको भारतलाई छैटौं विकेटको साझेदारीले लक्ष्यतर्फ उन्मुख गराएको थियो । ओपनर लोकेश राहुल र ऋषभ पन्तले २ सय ४ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई जितबाट टाढा लग्ने प्रयास गरेका थिए । राहुलले १ सय ४९ रन जोडे भने ऋषभले १ सय १४ रनको आक्रामक इनिङ्स खेले ।


चिया सत्रपछि स्पिनर आदिल रसिदले दुवै खेलाडीलाई आउट गर्दै इंग्ल्यान्डको जित सहज बनाए । उनले दुई ओभर अन्तरमा राहुल र ऋषभको विकेट लिएका थिए ।


अघिल्लो दिन इंग्ल्यान्डले ४२३–८ को स्थितिमा इनिङ्स समाप्तिको घोषणा गरेपछि भारत ब्याटिङमा उत्रिएको थियो । तर दोस्रो दिन पहिलो सेसन अजिन्क्या रहाने र हनुमा विहारीलाई गुमाए पनि ऋषभ र राहुलले चिया सत्रसम्म विकेट खस्न दिएका थिएनन् । इंग्ल्यान्डका लागि अन्तिम टेस्ट खेलिरहेका एलिस्टर कुकले शतक प्रहार गर्दा कप्तान जो रुटले पनि १ सय २५ रन जोडे ।


यी दुइले तेस्रो विकेटमा २ सय ५९ रनको साझेदारी गरेका थिए । अन्तिम टेस्टमा शतक प्रहार गरेसँगै पहिलो र अन्तिम टेस्टमा शतक बनाउने कुक पाँचौं खेलाडी बने । यसअघि अस्ट्रेलियाका रेजी डफ, बिल पोन्सफोर्ड र ग्रेग च्यापलसँगै भारतका मोहम्मद अजहरूद्दिनले पनि यो सफलता हात पारेका थिए ।

प्रकाशित : भाद्र २८, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?