कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एपीएफको प्रशिक्षकमा तामाङ

रासस/याेन्हाप

काठमाडौँ — सशस्त्र प्रहरी बलको एपिएफ क्लबको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । ‘ए’ डिभिजन लिग हुने भएपछि एपिएफले तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको सशस्त्र प्रहरी बल खेलकूद महाशाखाले जनाएको छ ।

एपीएफको प्रशिक्षकमा तामाङ

उनलाई ६ महिनाका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । तामाङले यसअघि थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लबको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।


‘ए’ डिभिजन लिग यही असोज १३ गतेदेखि सुरु हुँदैछ । तामाङले २०६७ सालमा मच्छिन्द्र क्लबबाट खेल्दै खेलबाट सन्यास लिएका थिए ।


खेल जीवनकै दौरान विद्यार्थीलाई फुटबल सिकाउन थालेका तामाङले पछि पोखरामा आफ्नै एकेडेमी सञ्चालन गर्नुका साथै खेलाडीलाई प्रशिक्षण दिएका थिए ।

प्रकाशित : आश्विन १, २०७५ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?