एएफसी यू–१६ महिला छनोट भोलिबाट

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटअन्तर्गत समूह ‘ई’ को खेल हुँदै छ ।

एएफसी यू–१६ महिला छनोट भोलिबाट

हल्चोकस्थित एपीएफ रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फाले सोमबार पत्रकार सम्मेलनबाट जानकारी दिएको छ ।आयोजक नेपालसँगै समूहमा मलेसिया, म्यानमार र फिलिपिन्स छन् । एएफसीले समूह विभाजन गर्दा सिरिया पनि सोही समूहमा रहेको थियो । तर सिरियाले नाम फिर्ता लिएपछि अब चार टोलीले शीर्ष दुई स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले यसै प्रतियोगिताको तयारीका रूपमा गत महिना सम्पन्न साफ यू–१५ च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । उक्त प्रतियोगितामा नेपाल भारत, बंगलादेश र आयोजक भुटानभन्दा पछाडि चौथो स्थानमा रहेको थियो । प्रतियोगिता आइतबारसम्म चल्नेछ । प्रतियोगिताका लागि एन्फाले १ करोड ३५ लाख रुपैयाँ खर्च हुने जनाएको छ । यसै प्रतियोगिता सञ्चालन गर्न एएफसीले एन्फालाई १ लाख २० हजार अमेरिकी डलर प्रदान गर्नेछ ।

प्रकाशित : आश्विन २, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?