२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

खेलाडी परिवारलाई बिमाको ७ लाख

काठमाडौँ — साइक्लिङका खेलाडी नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना बिमाको रकम सोमबार हस्तान्तरण गरिएको छ ।

खेलाडी परिवारलाई बिमाको ७ लाख

राष्ट्रिय च्याम्पियन नारायणगोपालको श्रीलंकाको कोदामामा रम्बल इन जंगल–२०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा जेठ ३० मा दुर्घटनामा परी मृत्यु भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा भाग लिने सम्पूर्ण नेपाली खेलाडीको एक वर्षका लागि दुर्घटना बिमा गरेको थियो । नारायणगोपाल पनि एसियाडलाई छनोट भएका खेलाडी थिए ।

उनको एसियाडमा भाग लिनुपूर्व निधन भएको थियो । राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र एनएलजीका विभागीय प्रमुख अनल गौतमले नारायणगोपालकी आमा मैयाँ महर्जन श्रेष्ठलाई बिमावापतको ७ लाख रुपैयाको चेक हस्तान्तरण गरे ।

३३ वर्षे नारायणले आफ्नो १२ वर्षको खेल करियरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताबाट १४ स्वर्ण, १३ रजत र १२ कांस्य पदक जितेको नेपाल साइक्लिङ संघले जनाएको छ ।

प्रकाशित : आश्विन २, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?